प्रभुराम श्रेष्ठ, युवा व्यवसायी मण्डनदेउपुर – काठमाण्डौंमा व्यवसाय गरेपनि उनलाई गाँउको औधी माया लाग्ने गरेको छ । हप्तामा दुई पटकसम्म गाँउतिर पुगिहाल्छन् । गाँउमा भएको विकास नजिकवाट हेर्ने गर्दछन् त्यसैले त उनी सामाजिक जीवनमा समेत निक्कै कृयाशिल बनेर अघि लागेका छन् ।

प्रभुराम श्रेष्ठ,काभ्रेको मण्डनदेउपुर–७ कुन्तावेशीका समाजसेवी हुन् । सामाजिक जीवनमा उनको योगदान उच्च स्तरको रहेको छ । ३४ बर्षका यी युवा सामाजिक काम भनेपछि हुरुक्कै हुने गरेका छन् । मण्डनदेउपुर नगरपालिकाले सुरु गरेको नगर स्तरिय खेलमैदानको सचिवको भुमिका निर्वाह गरिरहेका छन् । सबैले मण्डनदेउपुर बनाउने साझा धर्म बोकेर हिड्ने हो भने नेपालमै राम्रो शहर बन्नेमा उनी ढुक्क छन् । चनौटे फाँटको उर्वरता, इन्द्रावतीको पानीसँगै नगरकोटको होटलहरु मण्डन देउपुरको समृद्धिको आधार उनले देखेका छन् ।

केही साताअघिदेखि उनी मण्डनदेउपुर नगरस्तरिय मैदानको अभियानमा लागेका छन् । उपभोक्ता समिति मार्फत सचिवको पदमा उनी कार्यरत रहेर गेरुवा खोल्सामा खेल मैदानको अभियानमा जुटेका छन् । उनै श्रेष्ठसँग गरेको कुराकानीको संम्पादित अंश

0 खेलकुद मैदान किन आवश्यक रहेको थियो ?
– हाम्रो नगरपालिका भुगोलको हिसावले औधी ठूलो रहेको छ । त्यहाका युवाहरुमा खेलकुदप्रति औधी रुची समेत रहेको छ । तर स्तरिय मैदानको अभावमा राम्रा र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडीहरुको उत्पादन हुन सकेको थिएन ।
खेलकुदलाई माया गर्ने धेरै भएपनि खेल मैदानको अभाव रहेको थियो । त्यो कुरालाई ध्यानमा राखेर हामीले मण्डनदेउपुरको नगर स्तरिय खेल मैदान बनाउन लागेका छौ ।

0 खेल मैदान बनेसँगै त्यहाँका युवालाई के फाईदा हुन्छ ?
– खेल मैदान बनेसँगै त्यहाँका युवाहरुमा खेलप्रतिको मोह बढेर जान्छ । खेल मैदानको अभावमा त्यहाँका खेलाडीहरु राष्ट्रिय स्तरको खेलाडी बन्न सकिरहेका थिएनन् । तर त्यसले त्यहा खेलको भावनालाई अझै अघि बढाउन सहयोग गर्छ ।

0 पहिरो गएको ठाँउमा राम्रो खेलमैदान बन्ला र बन्दैन भन्छन् नी ?
– पहिला कस्तो थियो र एक साता काम गरेपछि त्यो ठाँउको मुहार कसरी फेरियो भनेर एक पटक हेर्न म सबैलाई अनुरोध गर्दछु । चुनौती भएको र भु–क्षय तथा पहिरोको कारणले त्यहा काम गर्न नसकिने जस्तो देखिएको हो । तर खासमा त्यसको आकारनै फेरिएको छ ।
हामीलाई सबैले राम्रो भन्यो भने हामी बिग्रन सक्छौ । हामीमा लोभ लालच बढ्न सक्छ ।

त्यसैले लोभ र लालचा हटाउन समेत हामीलाई सकारात्मक प्रतिक्रियाको जरुरत पर्दछ । हामीलाई गर्न सक्दैनन् पहिरो छ भनेर भनेर भन्नु भएन भने त हामीले उन्नती गर्न नसक्ने भयौ नी । त्यसैले हामीले त्यसलाई जसरी भएपनि सम्पन्न गराउने प्रण लिएका छौ । मान्छेले अबरमा समेत अर्काे देशवाट माटो लिएर गएर अरब बनाएको छ । हामीले त्यो राम्रो ठाँउमा किन बनाउन नसक्ने । असजिलो भएन भने हामीले कामनै गर्न सक्ने अवस्था थिएन । अब हामी राम्रोसँग काम गर्न जोखिम भएरको कारण हो । त्यसैले त्यो काम हामी पुरा गराउने छौ । हामी सबैको मुहारको खुसी आउने हिसावले लोभलाग्दो खेल मैदान बनाउने छौ ।

0 यसअघि बनेको खेल मैदान किन पुरा नभएको होला ?
यसअघि सडकको छेउमा मैदान बनाउने कुरा भएको थियो । त्यो ठाँउमा ४० लाख खर्च भैसकेको छ । तर खेलमैदान बनाउनको लागि कम्तिमा ९० र ४५ मिटरको जमिन आवश्यक रहेको छ । त्यो ठाँउमा त्यो कुरा संम्भव छैन । तर हामीले सुरु गरेको ठाँउमा त्यो सबै कुरा पुरा हुनेछ ।

हामीसँग जग्गा किन्ने पैसा छैन । हामीले खोल्सालाई पुरेर भएपनि त्यहाँ आकर्षक खेलमैदान बनाउन लागेका हौ । हामीले कसैको आग्रह तथा पूर्वाग्रहमा रहेर भन्दा पनि आवश्यकता गरेको आधारमा खेल मैदान बनाउन लागेका हौ ।

0 कस्तो खेलमैदान बन्नेछ ?
सबैले अहिले भिर देखिएको छ । यो ठाँउ पनि समथर होला र भन्ने सोचेको धेरैले होला । तर त्यो ठाँउमा समथर बन्नेछ । केही समयमा खेल्ल लायकका मैदान बन्नेछ । त्यहाँ प्याराफिड भएको खेल मैदान त्यहाँका खेलप्रेमीले पाउनु हुनेछ । हामी सबैको सपना रहेको छ राम्रो खालको खेल मैदान बनाउने त्यो सपना अब केही समयमै पुरा हुने पक्का छ । एक पटक जानुस र हेर्नुस त्यहाँ मैदानको रुपरेखा आइसकेको छ । हामीले एउटा फुटवल मैदान ९०÷४५ को खेल मैदान त्यसमा म्याराथन गर्न मिल्ने बनाउने छौ ।

त्यस्तै त्यसको माथि भलिवल मैदान र त्यसपछि पार्किङको ठाँउ बनाउने लक्ष्य रहेको छ । एक साइडमा दर्शकदिर्घा बस्न मिल्ने मैदान बनाउने योजना रहेको छ । हामीले त्यसको लागि प्रदेश सरकार, संघ सरकारसँग र राखेपसँग समेत कुरा राख्ने छौ । नगरले र स्थानीयको सहभागितामा १७ लाखको लागतमा खेल मैदान बनिरहेको छ । हामी नगरसँग समेत राम्रो मैदान बनाउन सहयोगको अपेक्षा राखेका छौ । सबैको साथ र सहयोगमा हामी स्टेडियम सहितको मैदान बनाउने छौ ।

0 तपाइ युवा,युवाहरु किन व्यावसयिक बन्न आवश्यक रहेको छ ?
युवा व्यवसायमा लागेन भने देश कसरी बन्ला । हामी बालबालिका भएको समयमा बुबा आमाको साथमा अघि बढ्ने गरेका छौ । युवा अवस्थामा हामीले काम गर्ने गरेका छौ । त्यस्तै बुढेसकालमा छोराछोरीले हेर्ने गरेका छौ ।
हामीले सबै काम भनेको युवा वर्गले गर्ने हो । हामीले यो समयमा केही गर्न सकेनौ भने । प्रतिस्पर्धामा उत्रिएनौ भने हामी युवानै हुँदैनौ । व्यवसायिक रुपमा सफलता हात पारेन भने हामी जन्मिएको समेत सार्थक हुँदैन ।

0 तपाइ राजनीतिमा सकृय हुनुहुन्छ ? युवा किन राजनीतिमा सकृय हुनुहुन्छ ?
– राजनीति आफैमा शुद्ध छ । तर पछिल्लो समय राजनीतिप्रति धेरैको वितृष्णा रहेको छ । राजनीतिको खेल खराब भएको छ । विकसित देशहरुमा राजनीतिकै कारणले विकासको फड्को मारेको छ । सिष्टमको आधारमा देश संचालन भएको छ । तर नेपालमा राम्रो विकास हुन सकेको छैन । नेपालमा बुढाहरुले मात्रै राजनीति गर्नु पर्छ भन्ने भावना रहेको छ । तर त्यो कुरालाई हामीले चिर्न आवश्यक रहेको छ । हामीले केही अध्ययन गरेका छौ । समाजको मनोबिज्ञानलाई नजिकवाट हेर्ने प्रयास गरेका छौ । त्यसैले हामीले समाज परिर्वतन गर्ने हो राजनीति मार्फत । संसार बुझेका छौ । बुझेर लाग्ने मान्छेले राजनीति गर्दा त्यसले समाजको विकास हुन्छ । समाजलाई बुझेको मान्छेले समाजलाई रुपान्तरण गर्न सक्छ ।

0 युवाहरुलाई प्रयोगमात्रै गरेको हो ?
– युवालाई प्रयोगको आरोप लाग्नु सही हो । हामी जन्मनुभन्दा पहिलेदेखिनै क्रान्ति भएका थिए । हामीले समेत राजाको शासन, बहुदल र गणतन्त्रलाई राम्रोसँग महसुस गर्न पायौ । त्यो आन्दोलनमा हामीले पनि सहयोग गरेका छौ ।
तर जहिले पनि युवाको युवाको दुरुपयोग भएको छ । आन्दोलनमा लगाउने र ध्वस्ममा लगाउने काम भएको छ । युवाहरुलाई अवसर दिएमा सकिएको भन्ने महसुस नेताहरुमा रहेको छ । त्यसको कारणले हामीले असल संस्कारको विकास हुन सकेको छैन ।
म नेकपाको जिम्मेवारीमा रहेर काम गरेको युवा भएको हैशियतमा बुढा नेताहरुले अब युवाहरुलाई अवसर दिनु पर्छ । अभिभावकहरुले अब जिम्मेवारी हस्तान्तरण गर्न आवश्यक रहेको छ ।

0 युवाहरुले अब नेकपामा अवसर पाउनुहुन्छ ?
अवसर पाँउछु भनेर कुरेर बस्यो भने त्यसले अवसर नपाउन सक्छ । तर हामीले हामीलाइ अवसर चाहियो भनेर भन्न सक्नु पर्ने रहेछ ।
हामी युवाहरु पनि सबैले जे भन्यो त्यो मानेर बस्यो भने अवसर नपाउने अवस्था आँउछ । त्यसैले अवसर सृजना गर्ने र माग गर्ने कुरा रहेछ । मैले योगदान गरेको छु भनेर भन्यो भने केही पनि नपाउने रहेछ । हामीले खोसेर भएपनि अवसर लिन आवश्यक रहेको छ ।

0 समृद्ध मण्डनदेउपुर कसरी बनाउने हो ?
– हामीले युवा वर्गमा एउटा नारा स्थापित गरेका छौ । समृद्ध मण्डन देउपुर खुसी मण्डदेउपुरबासी भनेर नारा अघि लिएरु बढेका छौ । सम्माननीय प्रधानमन्त्रीले जसरी समृद्ध नेपाल सुखी नेपाली भनेर नारा अघि सार्नु भएको छ । हामीले मण्डन देउपुरका युवा सदैव समृद्ध मण्डनको चाहनामा हिडेको छ । हामीलाई लाग्छ विश्वको कस्तो कस्तो युद्धको भुमरीमा परेको देशले विकास गरेको छ ।

हाम्रो देशमा त्यो समस्यानै छैन । हामी प्राकृतिक रुपमा धनी रहेका छौ । अझ मण्डनदेउपुरको कुरा गर्ने हो भने हामी धेरै कुरामा धनी रहेका छौ । हामीसँग आन्तरिक स्रोत धेरै रहेको छ । हामीसँग इन्द्रावतीको करिडोर रहेको छ । विश्वप्रख्यात नगरकोटको ७० प्रतिशत होटलहरु हामीसँग रहेको छ । कृषिभुमी उर्वर रहेको छ । पानीको दुख छैन । हामीसँग मण्डनदेउपुर बनाउने साझा संकल्प भए पुग्छ । हामीले काठमाण्डौंकौ प्रतिस्पर्धी शहरको रुपमा मण्डनलाई अघि बढाउन सक्ने छौ । यहाँ शहर बन्नको लागि आवश्यक रहेको सबै कुरा रहेको छ । तर युवामा एकता र सबैको विश्वास आवश्यक रहेको छ ।

0 अन्त्यमा केही ?
– नेकपाको पाँच बर्षको सरकार बनेको छ । म सबैलाई अपिल गर्न चाहन्छु । हामीले एउटै धर्ममा अघि बढौ त्यो भनेको समृद्ध मण्डनदेउपुर नगरको । हामीले त्यो कुरालाई अघि बढाउन सक्यौ भने हामी अवश्य अघि बढ्न सक्छौ ।


तपाईको प्रतिक्रिया