काभ्रेपलान्चोक – निर्माणाधिन हेलम्बु सडकमा टिपर दुर्घटनामा एकको मृत्यु भएको छ ।

टिपरका सहचालकको दुर्घटनामा परि घटनास्थलमै मृत्यु भएको हो । काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटनामा एकको मृत्यु भएको छ भने अर्का एक गम्भिर घाइते भएका छन् । काभ्रेको पाँचखालवाट ढाडखोलाजाँदै गरेको बा ५ ख ५७७१ नंम्बरको टिपर हेलम्बु राजमार्गको मण्डनदेउपुर–९ नरबन्दा नजिकै सडकवाट चाखोलामा सकेको थियो ।

चाखोलामा खसेको टिपरमा रहेका एक व्यक्ति लाई पुरेको थियो । टिपरमा सवार रहेका मण्डनदेउपुर–जुडिगाँउका २३ बर्षिया सुरेश राइको घटनास्थलमै मृत्यु भएको स्थानीय कविनप्रसाद तिमल्सिनाले बताए । उनलाई पोष्टमार्टमका लागि शीर मेमोरियल अस्पताल लगिएको छ ।

टिपर चाखोलामा खसेको केही समयमै जाजरकोट स्थायी बासिन्दा भै टिपरमा सिपाघाट घुम्न भनेर गएका २४ बर्षका बुद्धीबहादुर चन्दको स्थानीय र प्रहरीले उद्धार गरि उपचारको लागि अस्पताल लगिएको थियो । दुर्घटनापछि टिपरका चालक भने फरार रहेका छन् । प्रहरीले अनुशन्धान भैरहेको जनाएको छ ।


तपाईको प्रतिक्रिया