काठमाडौँ – गायक सुनिल थापा, कृष्ण आँसु, गायिका पवित्रा सर्तुङ्गे र मुना कुमालको स्वर नयाँ गीत ‘कर्कलो पानी’ सार्वजनिक भएको छ । गीतलाई सुनिल थापा र कृष्ण आँसुले लेखेका हुन् । कृष्ण वि।क।को संगीत संयोजन रहेको यस गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।
विवेक खड्काको निर्देशन रहेको गीतमा परिकल्पना उदिराम खड्काको रहेको छ । दुर्गा पौडेलको छायाँकन एवं नवीन घर्तीको सम्पादन रहेको यस गीतमा श्रीप्रसाद थापा, सम्झना खत्री, सुमन परियार, रितु तामाङ, विवेक खड्का र विन्दु खड्काको अभिनय रहेको छ । गीतलाई सत्यावती कलाकेन्द्रले निर्माण गरेको हो भने गीतलाई विसौनी क्रियशनले बजार व्यवस्थापन गरेको छ ।

https://youtu.be/MQlyXwpGSs8


तपाईको प्रतिक्रिया