काभ्रेपलान्चोक (धुलिखेल) – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को प्रदेश ३ अध्यक्षमा पेमा लामा सर्वसम्मत निर्वाचित भएका छन् ।

नुवाकोटमा भएको प्रथम प्रदेश महाअधिवेशनबाट लामाको नेतृत्वमा २० सदस्य कार्यसमिति चयन भएको हो । महाधिवेशनबाट उपाध्यक्षमा युवराज श्रेष्ठ, महिला उपाध्यक्षमा अन्जु डिम्दोङ, महासचिवमा सुरज कुमार भूजेल, संगठन सचिवमा पूर्णिमा स्याङबा, संस्थागत सचिवमा श्याम राना मगर र कोषाध्यक्षमा पूर्णभक्त दुवाल निर्वाचित भएका छन् ।

सदस्यहरुमा पुष्पा हायू, बाबुकाजी श्रेष्ठ, विनोद श्रेष्ठ, साहिला तामाङ, रामशरण माझी, लक्ष्मी शाक्य, सम्झना श्रेष्ठ, कुञ्जना पुलामी, डोल्मा शेर्पा, राजेश रुम्बा तामाङ, जीवन लिम्बु, नवीन राना मगर, र राजेश बज्राचार्य छन् ।

महाधिवेशनले दिल बहादुर लामा अनुशासन संयोजक र राजकुमार शक्य अनुशासन सदस्यमा निर्वाचित भएका छन् ।

 पदाधिकारीहरुको नामावली


तपाईको प्रतिक्रिया