(सुमन तोलाङ्गे) काभ्रेपलन्चोक – नेपाली संगित जगतमा अलग उर्जा सहित लोक तथा दोहोरी गायिका शर्मिला श्रेष्ठको स्वरमा “पुजा नगर मलाई” बोलको गीत सार्वजनिक भएको छ ।

जातीय छुवाछूत अन्त्यको लागि जनचेतनामुलुक लोक दोहरी गित श्रेष्ठ शर्मिलाको युटुब च्यानलबाट रिलिज भएको छ । गीतमा गायिक शर्मिला श्रेष्ठ र राजेश कुमार नेपालीले आवाज दिएका छन । यो गीत विशुद्ध मनोरञ्जन तथा जातीय सचेतना दिने उदेश्यले निर्माण गरिएको र लोकदोहोरी गितमा अहिलेका युवा प्रेमिप्रेमिकाहरुलाइ लक्षित गरि निर्माण गरिएको कुरा गायिका श्रेष्ठले बताउनु भयो । मार्मिक भावना साथै ग्रामीण भेगको रहन सहनलाई लोकभाका बाट प्रस्तुत गरेका छन । “पुजा नगर मलाई” बोलको गीत शर्मिल श्रेष्ठको युटुब च्यानल बाट सार्वजनिक गरिएको हो ।

जनचेतनामुलुक लोक दोहरी गितमा स्वर शर्मिला श्रेष्ठ र राजेश कुमार नेपालीले रहेको छ भने शब्द पासाङ् कुमार लामाको रहेको छ । रमणीय स्थलमा छायांकन गरिएको गितको भिडियो निर्देशन भने निरेन श्रेष्ठले गरेका हुन । गितको सम्पादन रोशन धितालले गरेका थिए ।

पुजा नगर मलाई बोलको लोकदोहोरी गितको क्यामारामेन भने मरुभुमी नारायण रहेको छ भने यस्तै अभिनयमा रस्मी भट्ट, कृष्ण स्वर्णकार, लक्ष्मण बिक्रम बस्नेतको बेजोड प्रस्तुति रहेको उक्त भिडियोलाई इन हाउस क्रीयसन प्रा. ली. ले बजारमा बितरण गरेको छ ।

भिडियो हेर्नको लागी तलको लिन्क खोल्नुहोस : 

https://www.youtube.com/watch?v=kEgDla01tt0&feature=share


तपाईको प्रतिक्रिया