महादेवस्थान – काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं ७ को गेरुवा खोल्सामा सुविधा सम्पन्न रंङ्गशाला निर्माणको प्रकृया अघि बढेको छ । सोमवार मण्डन देउपुर नगरपालिकामा मेयर टोकबहादुर वाइवाले खेलकुद मैदानको शिल्यान्यास गरेका छन् ।

खेलप्रेमी भएर पनि खेलमैदानको अभावमा स्तरिय खेलाडी उत्पादन हुन नसकेको अवस्थामा नगर स्तरिय खेलमैदानको सुरुवात गरिएको हो । लामो समयदेखि भुक्षयवाट कटान भएको ठाँउलाई व्यवस्थित बनाउँदै उपभोक्ता समिति मार्फत नगरले यो बर्ष १५ लाख रकम विनियोजन गरेर खेल मैदानको सुरुवात गरेको हो । खेलकुद मैदानको शिल्यान्यास गर्दै मेयर वाइवाले खेलाडीले अब छिट्टै खेल मैदानमा खेल्न पाउने अवस्थाको सृजना नगरपालिकाले गर्ने बताए ।

 

’हामी यो ठाँउमा सुविधा सम्पन्न रंङ्गशालाको कल्पना गरेर अघि बढेका छौ’ मेयर वाइवाले भने सबैसँगको सहकार्यमा राम्रो खेलमैदानको निर्माण हुनेछ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहन अधिकारी,प्रशासकीय अधिकृत शेखर आचार्य,नगरका सल्लाहकार गोकुल गौतम, प्रवक्ता डिल्ली आचार्य, वडा नं ७ का अध्यक्ष नारायण लम्साल, ८ का अध्यक्ष झलकप्रसाद पौडेल, ९ का अध्यक्ष जितबहादुर तामाङ ,वडा नं २ का अध्यक्ष केशव तिमल्सिना,लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा खेलप्रेमी एंव खेलाडीहरुको समेत सहभागिता रहेको थियो । नगरपालिकाको १५ लाख तथा स्थानीय जनसहभागिता २ लाख गरेर १७ लाख रुपैयाको लागतमा खेल मैदान निर्माण हुन लागेको हो । गेरुवा खोल्सी खेलकुद मैदान उपभोक्ता समितिका अध्यक्ष बलराम सापकोटाले खेल मैदानको काम सुरुवात गरेपनि पर्याप्त भने नभएको बताए ।

हामीले सबैसँगको समन्वयमा यसलाई रंङ्गशालाको रुपमा अघि बढाउने योजना बनाएका छौ सापकोटाले भने । उपभोक्ता समितिका सचिव प्रभुराम श्रेष्ठले नगरमा मैदानको अभावमा धेरै खेलाडीहरुले आफ्नो प्रतिभा देखाउन नसकेको समयमा खेलमैदानले सबैलाई हौसला दिने बताए । ।


तपाईको प्रतिक्रिया