पनौती – ‘विद्यालयमा विद्यार्थी कम हुन थालेपछि मासिक रुपमा आमा अभिभावकहरुको भेला गर्न थालेको छु’ पनौतीको जनज्योती आधारभूत विद्यालयका हेडसर भिमसेन सापकोटाले भने । तामाङ समुदायको बाहुल्यता रहेको उनको गाँउको विद्यालयमा गाँउमा बिबाह ब्रतवन्ध भयो भने स्कूल बन्दनै हुन्थ्यो तर आमाहरुको भेला राख्न थालेसँगै विद्यालय बन्द गर्नु परेको छैन ।

काभे्रको पनौतीमा रहेका सामुदायिक विद्यालयका हेडसरहरुले चाहेमा कसरी विद्यालयको स्तर उकास्न सक्छन् भनेर ग्रामीण सामुदायिक संगठन नेपालले हेडसरलाई एकै ठाँउमा भेला गराएर एक बर्षमा गरेका उदाहरणीय सुधारका प्रयास र आगामी बर्ष गर्ने कृयाकलापबारे छलफल गरेको छ ।

पनौती नगरपालिकाका प्रमुख भिम न्यौपाने,उपप्रमुख गिता बञ्जारा, पूर्व सांसद रामहरि सुवेदी, काभ्रे सेवा समाजका अध्यक्ष केशव थापा, बरिष्ठ प्रशासकीय अधिकृत इन्द्र थापासँगै शिक्षासेवी र संचारकर्मीको उपस्थितीमा पनौती नगरपालिकाका एक दर्जन सामुदायिक विद्यालयका प्रधानाध्यपक अर्थात हेडसरहरुले एक बर्षमा विद्यालय सुधारका लागि गरेको प्रयासहरु सार्वजनिक गरेका थिए । एक बर्षमा उनीहरुले गरेको प्रयास निक्कै सान्र्दभिक छन् । पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले भने ‘तर सामुदायिक विद्यालय सुर्धान प्रयाप्र्त भने छैनन् । ’

पनौतीको भालेश्वर माविले अघिल्लो बर्ष धेरै विद्यार्थी हुनेभएपछि भर्नानै बन्द गरायो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केसीले भने,‘ हामी व्यवस्थापन समिति भनेको रेफ्री हो खेल जित्ने खेलाडीलेनै हो ।’

भालेश्वर माध्यामिक विद्यालयले स्कूल बस संचालन गरेको छ भने कम्युटर प्रविधीवाट शिक्षा प्रदान गरिरहेको छ । काभ्रेमा मात्रै नभएर नेपालकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा स्थापित भालेश्वर माविका हेडसर रामचन्द्र थापाले सुनाए । उनले अब कितावमा मात्रै आधारित नभएर प्रविधीमा आधारित शिक्षाको आवश्यकता रहेको बताए । ‘ हामी योजनाको आधारमा मात्रै अघि बढीरहेका छौ’ हेडसर थापाले विद्यालयले गरेको प्रगतीको बारेमा सुनाए ।

केही बर्षदेखि सामुदायिक विद्यालयको सुधारमा कृयाशिल रहेको ग्रामीण सामुदायिक संगठन नेपालले शिक्षाको सुधारमा हेडसरले चालेको कदम तथा योजनाहरु सुन्दा पनौतीको सामुदायिक विद्यालयहरुले केही बर्षमै राम्रो नजिता ल्याउन सक्ने अवस्था सृजना हुँदै गरेको महसुस आफूले गरेको शिक्षाविद् रामप्रसाद अधिकारीले सुनाए ।

‘ हाम्रो पालामा केही थिएन तर पनि शिक्षा सुधार भयो अहिलेका हेडसरहरुमा प्रविधीसँगै स्थानीय सरकारले सहयोग भएकाले पनौतीको शिक्षाले फड्को मार्छ’कुशादेवी माविका पुर्व हेडसर अधिकारीले सुनाए ।

पनौतीमा रहेका सामुदायिक विद्यालयका हेडसरहरुले कम्तिमा एक बर्षको योजना बनाएर क्यालेण्डर अनुसार विद्यालय संचालन गरिरहेको सुनाएका छन् । बाल आर्दश माविका हेडसर राजकुमार श्रेष्ठले भने । हामीले सकेसम्म विद्यालयको शिक्षा क्षेत्र सुधारको लागि क्यालेण्डर बनाएर काम गरिरहेका छौ । उनले भने ‘हामी मासिक रुपमा परिक्षाको व्यवस्था गर्र्छाै परिक्षाको आधारमा शिक्षक तथा विद्यार्थीको मूल्याकन गर्नेछौ ।’

पनौतीका सामुदायिक विद्यालयका प्रधानाध्यकपहरुले एकै ठाँउमा आएर आफूले संचालन गरेका कृयाकलापहरु सबैमाझ आदानप्रदान हुँदा त्यसले धेरै कुरा सिक्ने मौका मिलेको स्वयम् प्रधानाध्यपकहरुको अनुभव छ । हामीले यस्तो कार्यक्रमवाट धेरै कुरा सिक्ने मौका मिल्दो रहेछ ।

एक बर्षमा गरेका कृयाकलापसँगै ग्रामीण सामुदायिक संगठन नेपालले वैशाकमै यो बर्ष के के काम गर्ने भनेर योजना बनाउने गरि पुनः हेडसरहरुको छलफल राख्ने संस्थाका कार्यकारी निर्देशक श्रीकृष्ण थापाले बताए ।

‘हामी पनौती नगरमा सामुदायिक शिक्षाको विकास कसरी गराउन सकिन्छ भनेर काम गरिरहेका छौ’निर्देशक थापाले भने ।

पनौतीका सामुदायिक विद्यालयहरुले नेपालमै नमूनाको रुपमा शिक्षा प्रदान गरिरहेको छ । पनौतीको रयालेमा रहेको शान्ति निकेतन माविले विद्यालयको बससँगै कम्युटर शिक्षा प्रदान गरिरहेको छ ।

त्यस्तै, धेरै विद्यालयहरुले प्रविधीमा आधारित रहेर शिक्षा दिने काम गरिरहेका छन् । जसले हेडसरको अग्रसरतमा विद्यालय सुधार हुन सक्ने प्रमाण पेश गरेको छ । विद्यालयहरुले आफैले निर्णय गरेर १० बजेदेखि ४ बजेसम्म विद्यालयमै बस्ने वातावरण सृजना गराउन ई–हाजिरीको सुरुवात गरेका छन् भने लिजर पिरियड भन्ने शब्द विद्यार्थीले कहिल्यै सुनाउनु नपर्ने भएको छ ।

कार्यक्रममा सामाजिक विकास शाखाका प्रमुख किशोर थापाले नगरले सामुदायिक विद्यालयको सुधारको गुरुयोजना लिएर अघि बढेको सुनाए । बरिष्ठ प्रशासकीय अधिकृत इन्द्र अधिकारीले सामुदायिक विद्यालयको शिक्षालाई सुधारको लागि नगरले कुनै पनि कसी बाँकी नराख्ने बताए ।

एसईई मोडलमा कक्षा ८ को परिक्षा

पनौती नगरपालिकाको शिक्षा समितिले कक्षा ८ को परिक्षा एसईईको मोडलमा संचालन गर्न लागेको हो । अब आधारभुत तहका विद्यार्थीहरुको शैक्षिक अवस्था कस्तो रहेको छ भनेर बुझ्नको लागि नगरले आगामी चैत्र ७ गतेदेखि नगर स्तरिय परिक्षा संचालन गर्न लागेको नगरका शिक्षा समन्वय प्रमुख महेश्वर जंगमले बताए । हामीले परिक्षाकेन्द्र तोकिसकेका छौ प्रश्नपत्र निर्माण अन्तिम चरणमा पुगेको छ ।

यसअघि जिल्ला स्तरिय परिक्षा नगरले प्रश्नपत्र तयार गरेर सम्बन्धित विद्यालयमै हुने गरेको थियो । अब आधारभुत तहका विद्यार्थीहरुको शैक्षिक अवस्था बुझ्न र त्यसको रणनीतिक योजना बनाउनकै लागि एसएलसी मोडलमा कक्षा ८ को परिक्षा संचालन गर्न लागेको जंगमले बताए ।

नगरले प्रश्नपत्र निर्माण गरेको, परिक्षा संचालन गरेको,प्रश्नपत्र जाँचेको समेत निश्चित पारिश्रमिक दिएर परिक्षा संचालन गर्न लागेको हो । परिक्षा दिउँसो १२ बजेवाट संचालन हुनेछ । परिक्षामा सुरुमा सबै बिषयमा उत्र्तिण हुन नसक्ने विद्यार्थीहरुलाई मौका परिक्षाको व्यवस्था समेत नगरले गर्ने तयारी गरेको छ ।

हामीले हाम्रा विद्यार्थीको स्तर मापन गरेर शिक्षा निती बनाउन आवश्यक ठानेर यो बर्षवाट एसइइ मोडलमा परिक्षा संचालन गर्न लागेका छौ मेयर भिम न्यौपानेले बताए । मर्यादित व्यवस्थित रुपमा नगर स्तरिय परिक्षा संचालन हुने र सोही आधारमा परिक्षफल सार्वजनिक गरिने न्यौपानेले बताए ।


तपाईको प्रतिक्रिया