बेथानचोक – काभ्रेको सबैभन्दा अग्लो बेथानचोक गाँउपालिकाको गाँउमा प्याराग्लाईडिङको संम्भावना बारे परिक्षण उढान भरेको छ । गाँउपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बेथानचोकवाट प्याराग्याईडिङको कस्तो संम्भावना रहेको छ भनेर परिक्षण उढान भरेको बताए ।

बेचानचोक गाँउपालिका वडा नं ४ वाट उढेको प्याराग्याइडिङ एक घन्टाको उढानपछि वडा नं २ को फाँटमा अवतरण गरेको थियो । शनिवारमात्रै दुईओटा परिक्षण उढान भैसकेका छन् गाँउपालिकाको अध्यक्ष तिमल्सिनाले भने ।

परिक्षणका लागि गाँउपालिकाले समन्वय गरेर उढान भरेको र सफल भएमा नियमित रुपमा उढान भर्ने लक्ष्य गाँउपालिकाले लिएको छ ।


तपाईको प्रतिक्रिया