धुलिखेल – अन्तराष्ट्रिय नारी दिवसको अवसरमा परोपकार प्राथमिक उपचार केन्द्र(पिपीयुके)ले काभ्रेका १३ स्थानीय तहका उपप्रमुख र जिल्ला समन्वय समितिको उपप्रमुखलाई सम्मान गरेको ।

शनिवार धुलिखेलको होराईजन होटलमा भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले उपप्रमुखहरुलाई सम्मान गरेकी हुन् । सम्मान कार्यक्रममा बोल्दै मन्त्री अर्यालले महिला नेतृहरुले लिएको जिम्मेवारी राम्रोसँग पुरा गरेको बताईन् । उनले भनिन् हामीले हरेक जिम्मेवारी कुशलतापूर्वक पुरा गरिरहेका छौ र आगामी दिनमा समेत पुरा गर्नेछौ ।

कार्यक्रममा प्रतिनिधीसभाको सदस्य नविना लामा,प्रदेश सांसद चन्द्र लामा, धुलिखेल नपामा प्रमुख अशोक व्याञ्जू लगायतकाले बोलेका थिए ।


तपाईको प्रतिक्रिया