सिन्धुली – फिक्कल गाउँपालिका ४ खाङसाङस्थित सुनकोसी माविको कक्षा ९ मा अध्ययनरत पसाङ तामाङलाई घरमै बसेर बढेको जस्तो अनुभव हुन्छ । ऐच्छिक विषय गणित रोजेका उनी कक्षाका एक्ला छात्रा हुन् ।

उनलाई अध्यापन गराउन शिक्षक सहेन्द्र यादव पुरापुर खटिन्छन् । छात्रा अञ्जना श्रेष्ठले पनि ऐच्छिक विषय गणित रोजेकी छन् । तामाङ सबै दिन उपस्थित हुन्छन् तर श्रेष्ठको उपस्थिति त्यति बाक्लो हुँदैन् ।

विद्यालय प्रांगणमा अध्यापन गराइरहेका शिक्षक यादवले विद्यार्थी संख्या कम भएकाले जनि जनाले जुन विषय रोज्यो त्यसमा पूरा समय दिएर पढाउनु पर्ने बताए । ट्युसन पढाउँदा १० जनाभन्दा बढी हुने तर विद्यालयमा एक्ला विद्यार्थीलाई कक्षामा होइन, चौरमा राखेर पढाउँछनु । त्यसो त विद्यार्थी संख्या नै कक्षा ९ मा १८ जना रहेको । विद्यार्थी कम भएर एक्लो पढ्न पाउँदा तामाङ भने दंग छन् । यो समाचार राजकु्मार कार्कीले कान्तिपुरमा लेखेका छन् ।

 


तपाईको प्रतिक्रिया