काठमाडौँ – भारतसँग तीन टी– २० क्रिकेट शृङ्खला खेल्न नेपाली स्ट्यान्डिङ पुरुष क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ ।

भारतको आग्रामा हुने प्रतियोगितामा सहभागिता जनाउने टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । खेलाडीमा रामप्रसाद खरेल (कप्तान), हेमबहादुर गुरुङ, प्रदीप रिजाल, सुमन बराल, इन्द्रसिंह डिसी, राम कुँवर, राम मगर, मनोज थापा, छवि धोबी, लक्ष्मीप्रसाद अधिकारी, सोभितकुमार हल्वाइ, रुपक वाइबा, सुकलाल मिया, मीनप्रसाद ढकाल र ललनकुमार बाराही छन् ।

ह्वीलचेयर क्रिकेट सङ्घ नेपालका अध्यक्ष छुल्टिम ग्याल्जिङ शेर्पाको नेतृत्वमा जाने टोलीको फिजियोमा अञ्जना श्रेष्ठ तथा अफिसियलमा राजेश शाह र शरद पौड्याल छन् । नेपालले यही फागुन २९, ३० र चैत १ गते भारतको राष्ट्रिय स्ट्यान्डिङ टिमसँग प्रतिस्पर्धा गर्ने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया