सुसिता तामाङको “सोल्टिज्यु” सेलो गित बजारमा आएको छ । बैरागी मोक्तानको लय, शब्द तथा सृजना रहेको सोल्टिज्युमा सुसिता तामाङ र बैरागी मोक्तानले स्वर दिएका छन् ।

गितको म्युजिक भिडियोमा नेपाली लोक दोहोरी गीतहरुमा नृत्य तथा अभिनय गर्दै आएका मोडलसन्जिव ठकुरी र गायिका स्वयंम सुसिता तामाङ ले अभिनय गरेका छन् । लोक दोहोरीमा निकैनै व्यस्त रहका मोडल सन्जिव ठकुरीले पहिलो पटक तामाङ सेलोमा आफ्नो प्रस्तुति दिएका छन् ।

बिक्रम चौहानले निर्देशन गरेको भिडियोमा क्यामरा दुर्लभ श्रेष्ठको छायाङ्कन छ भने मिलन बि.क को सम्पादन रहेको छ । गित मोडल संजिव ठकुरिको अफिसियल युटुवच्यानलबाट बजारमा आएको हो ।

भिडियो हेर्न को लागि तल क्लिक गरेर हेर्न सक्नुहुनेछ ।


तपाईको प्रतिक्रिया