काठमाडौँ – साकुरा स्नुकर सञ्चालकको आयोजनामा प्रथम साकुरा स्नुकर खुला च्याम्पियनसिप यसै महीनादेखि शुरु हुने भएको छ ।

नेपाल विलियर्डस् स्नुकर तथा पुल सङ्घबाट मान्यताप्राप्त प्रतियोगिताको यही फागुन २९ गतेदेखि चैत ७ गतेसम्म सञ्चालन गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उक्त प्रतियोगिताको विजेताले ट्रफिसहित रु एक लाख १० हजार प्राप्त गर्नेछ ।

दोस्रोले रु ४० हजार तथा तेस्रोले ट्रफि मेडल र प्रमाणपत्र पाउनेछ । उक्त प्रतियोगितामा १२८ खेलाडीले सहभागिता जनाउने आयोजकको भनाइ छ । उक्त प्रतियोगितामा राष्ट्रिय टोलीका सिनियर आठ खेलाडीले सहभागिता जनाउन पाउने छैनन् भने सोही प्रतियोगिताबाट उत्कृष्ट आठ खेलाडी छनोट हुनेछन् ।

जसमा सिनियर आठ र प्रतियोगतामा उत्कृष्ट आठ खेलाडीलाई समावेश गरेर सङ्घले छुट्टै प्रतियोगिताको आयोजना गर्नेछ । जसमा प्रथम र दोस्रो स्थान हासिल गर्ने खेलाडीले बङ्गलादेशमा आयोजना हुने प्रथम सार्क स्नुकर च्याम्पिएनसिपमा सहभागिता जनाउन पाउनेछ ।


तपाईको प्रतिक्रिया