रामेछाप – रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ धमिनीछापमा गाडी दुर्घटना हुदा ३ जना गम्भीर घाइते भएका छन् ।

सदरम्ुकाम मन्थलीबाट रामेछापको हिमगंगा हिँडेको बा २० च ७२२७ नम्बरको स्कार्पियो गाडी दुर्घटना भएको वडा नम्बर ६ का वडाध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभएको छ । घाइते हुनेमा रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाकी मञ्जु मगर,गाडी धनी रत्न नेवार र सुर्य नेवार घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

घाइतेहरु तीनै जनालाई जिल्ला अस्पताल रामेछापमा उपचार नभएपछि काठमाण्डौ लगिएको छ । गाडी अन्दाजी सडकदेखि ३० मिटर तल खसेको छ ।


तपाईको प्रतिक्रिया