काठमाडौँ – अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले आयंका फाउण्डेशनको तर्फबाट पहिलो सामाजिक काम गरेका छन् । फाउण्डेशनले आइतबार र सोमबार गरि धनुषा जिल्लाका तीन विद्यालयमा महिलामैत्री शौचालय निर्माण तथा हस्तान्तरण साथै हरेक विद्यालयमा दुईवटा शौचालय, फल दिने १० वटा बोटबिरुवा, २ थान कुहिने र नकुहिने डस्टबिन, सय थान ब्याग र ५० थान पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण गरेको छन् ।

कपडाबाट बनेको यस प्याडलाई धोएर एक वर्षसम्म प्रयोग गर्न मिल्ने नायिका प्रियंका कार्की बताइन् । एउटा झोलामा चार थान प्याड, दुई थान अन्डरवेयर, साबुनलगायतका सामग्री रहेको छ । न महिना वारी, न महिना पारी, म हुँ महिनाभरी लेखिएको टिर्सट लगाएर उनले छात्राहरुलाई प्रयोग गर्ने तरिका समेत सिकाएकी थिइन् ।
यस्तै, नायिका कार्किको जन्मदिनको केक सबैको सामु केक काटेर मनाईन् । नायक आयुष्मान देशराज जोशीले महिनावारी लाज र महिलाको मात्र विषय नभएको पनि बताए । प्रियंका र आयुष्मानसँगै प्रियंकाकी आमा पनि समावेश थिइन् ।


तपाईको प्रतिक्रिया