पाँचखाल – पाँचखाल नगरपालिका वडा नं ६ तिनपिप्लेमा बिस २००२ सालमा भाषा पाठशालाको रुपमा स्थापना भएको श्री जोरपाटी माविको भुकम्पबाट क्षतिभएको भवन पुन निर्माण हुने भएको छ । सोमबार एक कार्यक्रमका बिच प्रदेश नं ३ का सांसद लक्ष्मण लम्सालको प्रमुख आतिथ्यमा भएको सो विद्यालयको भवन शिल्यानास गरिएको छ ।

कूल लागत ५ करोड ६ मा १२ कोठे भवन निर्माण गर्नको लागि काम सुरु भइसकेको छ । उक्त कार्यक्रममा बोल्दै प्रमुख अथिति सांसद लक्ष्मण लम्सालले विद्यालयको भौतिक संरचना बनाउन लागेको यो हामी सबैको सम्पत्ति हो यो निर्माणको चरणमा सबै मिलेर सहयोग गरेर समयमानै सम्पन्न गर्नुपर्ने बताए । यो विद्यालय निर्माणको क्रममा जुन किसिमले बन्नुपर्ने हो त्यस अनुसार काम हुनको लागि समय समयमा सबै मिलेर हेर्ने र बिषेशगरि ब्यवस्थापन समितिले पुर्णरुपमा रहेर सहयोग गर्न अनुरोध गर्नु भयो । यो विद्यालय नेपाल सरकारले एडिबिको ऋण सहयोगमा बन्नलगेको इमन्दार पहल सबै क्षेत्रबाट गरियो भने समयमानै काम पुरा गर्न सकिने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख मञ्जु गौतमले यो विद्यालय समयमानै निर्माण गर्नको लागि संरक्षणमा जोड्दिनुपर्ने बताए । यस विद्यालयको भौतिक संरचनाहरु कसरी संरक्षण गर्न सकिन्छ भन्ने बिषयमा वडा कार्यलयले पनि हेर्नु पर्ने बताए । सो कार्यक्रममा बोल्दै पुन निर्माण जिल्ला कार्यान्वयन इकाइ शिक्षा काभ्रेका प्रमुख निर्मल कुमार घिमिरेले यो विद्यालय काम सुरु गरेको १८ महिना भित्र काम सम्पन्न गर्नुपर्ने बताए । एडिबीको सहयोगमा नेपाल सरकारले बनाउन लागेको १२ कोठे भवन छिट्टै कुनैपनि अवरोध बिन निर्माणहुनेमा विश्वास रहेको बताए ।

कार्यक्रमा बोल्दै बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष भोजराज पन्तले यस विद्यालयलाई प्राविधिक विद्यालय बनाउनको लागि पहल भइरहेको बताए । विद्यालयको नयाँ भवन पुन निर्माण हुन लागेको छ सबैजसो यस भेगका शिक्षाप्रमीहरु सबै स्थानीयहरु मिलेर सहयोग गर्नुपर्ने बताए ।

विद्यालयको भवन शिल्यनास कार्यक्रममा पाँचाखाल नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलाल, सस्थापक ब्वस्थापन समितिको अध्यक्ष होम बहादुर बाँनीया, निर्माण ब्यवसायी नवराज गौतम, विद्यालयलाई जग्गा दिने दाताहरु रमेश पौडेल, बिष्णु पौडेल लगायत स्थानीय अभिभावकहरुको उपस्थिति रहेको थियो ।


तपाईको प्रतिक्रिया