काठमाडौँ – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) को ०७५ फागुन १९ गतेको निर्णयले प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह सुशोभन गर्नुभयो ।

कार्यक्रममा दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा पदोन्नति भएका ६४ जना प्रहरी नायव उपरीक्षकहरु मध्ये ६० जना रहनु भएको छ । पदोन्नति भएका ३ जना प्रहरी नायव उपरीक्षकहरु हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहनु भएको छ भने १ जना व्यक्तिगत विदामा नेपाल बाहिर रहनु भएको छ ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नति हुने अधिकृतहरुलाई बधाई तथा शुमकामना व्यक्त गर्दै अव खटिने ठाउँमा दिइएको जिम्मेवारी अझै वढी उर्जा थपेर निर्भिकताकासाथ काम गर्न निर्देशन दिनुभयो । विगतका अनुभव र आफ्नो ज्ञान, सीप एवं दक्षता प्रयोग गरी संगठन निर्माणमा सक्रिय हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
नेपाल समाचारपत्रबाट


तपाईको प्रतिक्रिया