पनौती – प्रहरीचौकी पनौतीले प्रहरी समुदाय कार्यक्रमको आयोजना गरेको छ । पनौती चौकी पनौतीको आयोजनामा पनौतीमा बहुसरोकारवालाहरुको सहभागितामा कार्यक्रम आयोजना भएको हो । पनौती नगरपालिकाका मेयर भिम न्यौपानेको प्रमुख आतिथ्यतानमा सो कार्यक्रमको आयोजना भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर न्यौपानेले समाज आफैमा प्रहरी भएको बताए । उनले समाजको हरेक बिषयमा राम्रो र नराम्रो काम गर्ने भनेको समुदायले गर्ने बताए । उनले पनौतीका समुदायले प्रहरीलाई निरन्तर सहयोग गरेको बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दीपक गिरीले जिल्लामा विद्यमान शान्ति सुरक्षाको बारेमा प्रकाश पारेका थिए । मानवअधिकारकर्मी भोजराज तिमल्सिना,काभ्रे सेवा समाजका अध्यक्ष केशव थापा, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष महेश पौडेल, पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापा, वडा नं ८ का अध्यक्ष केशव बञ्जारा, पनौती चौकीका इन्चार्ज शिवहरि कार्कीले सुरक्षा व्यवस्थाको बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको सहजिकरण पत्रकार प्रल्हाद शर्माले गरेका थिए । आजको खबर चौतारी साप्ताहिकमा प्रकाशित् छ ।


तपाईको प्रतिक्रिया