पोखरा – विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई हराउँदै १७ औं आहा रारा गोल्डकपको उपाधि थ्रीस्टार क्लबले जितेको छ । सडनडेथमा आर्मीलाई हराउँदै थ्रीस्टारले आहा रारा गोल्डकपको उपाधि चुमेको हो ।

खेलको पाचौं मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले हेडिङमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको सुरुमै गोल गएपछि पहिलो हाप अवधिभर थ्रीस्टार दबाबमा रहेको थियो । निर्धारित पहिलो हापमा ३ मिनेट इन्जुरी समय थपिएको थियो ।

इन्जुरी समयमा आर्मीका दीपक गुरुङले डिबस्कभित्र हातले बल छुँदा थ्रीस्टारले पेनाल्टी पाएको थियो । त्यही मौकाको फाइदा उठाउँदै थ्रीस्टारका ४६ औं मिनेटमा रञ्जित धिमालले पेनाल्टीमा गोल गरे । खेलको दोस्रो हापमा कुनै पनि खेलाडीले गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो ।

अतिरिक्त समयको १३ औं मिनेटमा आर्मीका विमल पाण्डेले सन्तोष तामाङबाट पि|mकिकमा आएको बललाई हेडमार्फत गोल गर्दै पुन टिलाई अग्रता दिलाए । तर त्यसको बदला अतिरिक्त समयको २२ औं मिनेटमा थ्रीस्टारका रञ्जित धिकालले हानेको पि|mकिकलाई विदेशी खेलाडी पिटर सेगनले गोल गर्दै लिए । उनको गोलसँगै खेल पुन बराबरीमा पुगेको थियो ।

निर्धारित समयमा दुबै टिम २-२ को बराबरीमा रोकिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।

ट्राइब्रेकर आर्मीका गोल रक्षक विकेश कुथुको बल थ्रीस्टारका गोलरक्षकले अलान न्यौपानेले रोकिदिए । त्यसपश्चात आएका थ्रीस्टारका सुनिल राईले प्रहार गरेको पेनाल्टी क्रसबार छुँदै बाहिरिएपछि ट्राइब्रेकरमा ४-४ को बराबरी भएको थियो । जितसँगै थ्रीस्टारले ८ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको त्रिभुवन आर्मीले ४ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीले फागुन ९ गते उद्घाटन गरेको प्रतियोगितामा १० टिम सहभागी थिए ।

आर्मीले ननप्लेयर खेलाएपछि…

निर्धारित समयमा त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबबीचको खेल १-१ को बराबरीमा टुंगियो । त्यसपश्चात रेप|mीले ३० मिनेट थपिएको सूचना दिँदै खेल सुरु गरे ।

खेल सुरु भएको १ मिनेटमै आमीका सेसेहाङ आङ्दाम्बेको ठाउँमा आशिष शाक्य मैदान प्रवेश गरे । तर उनको नाम शनिबार हुने फाइनल प्रतियोगिताको नेम लिस्टमा थिएन । सुइँको कसैले पाएनन्, खेल भइरहृयो ।

आर्मीको त्यो ‘झेली’ त्यतिबेला बाहिरियो जब थ्रीस्टारका सुनिल बल र आर्मीका विकास खबासबीच मनमुटाव हुँदा बलले रेड कार्ड पाउँदै बाहिरिए । १० खेलाडीमा सीमित भएको थ्रीस्टारले तत्काल गोल खाइहाल्यो ।

बाहिरबाट थ्रीस्टारका टिम म्यानेजर मुकेश नकर्मीले आशिष शाक्यको नाम नेम लिस्टमा नरहेको रेफ्रीलाई अनुरोध गरे । खेलका शाक्यको नाम नरहेको थाहा भएपछि खेल एकछिन तनावग्रस्त भएको थियो । तर रेफ्रीले शाक्यलाई बाहिर पठाएर आर्मीलाई १० खेलाडीमा सीमित राखेर पुन खेल सुरु गरे ।


तपाईको प्रतिक्रिया