धुलिखेल – शरिरीक रुपमा अंपाङ्ग कसैको रहरले हुँदैन । काभ्रेको पनौती–१ रयालेका राजिव तामाङ र उनकी श्रीमती हेमा थापा दुबै शारिरीक रुपमा अशक्त छन् ।

उनीहरुले दुबै आँखा दैख्दैनन् । केही दिन अघि राजिवको श्रीमतीलाई अस्पतालमा भर्ना गराउन लगे । धुलिखेल अस्पताल सामुदायिक भएकाले केही राहत पाउने आशा उनीहरुको थियो । तर बिडम्बना हेमाको आकस्मिक शल्यक्रिया गर्नुपर्ने भयो । उनीहरुसँग ८÷१० हजार पैसा थियो । दुबै दृष्टिबिहिन साबुन र धुप उत्पादन गरेर बेच्ने बाहेक आयस्रोत केही पनि थिएन । श्रीमान श्रीमती अनि ७ बर्षको छोरी पढाउँदा भएको आम्दानीले पुग्दैनथ्यो ।

भएको पैसा सबै तिरे ३० हजारको बिल उठ्यो । उनीहरु पटक–पटक प्रशासनमा गएर छुट गराउन अनुनय गरे । तर दृष्टिबिहिनको आवाज कसैले सुनेन । पटक पटक प्रशासन प्रमुख प्रद्युम्न श्रेष्ठलाई छुट गराउन गरेको आग्रह लत्याए । उनीहरुको सहारा को हुन सक्थ्यो र ? धुलिखेल २८ किलोमा उनीहरु र पत्रकार रोजन तामाङ एउटै घरमा बसेका थिए । पत्रकार तामाङसँगको चिनजानपछि उनीहरुले आग्रहको लागि तामाङलाई अनुरोध गरे । पत्रकार तामाङले असाध्यै पिडामा रहेको परिवारलाई सहयोग गर्नको लागि पटक प्रशासन प्रमुख प्रद्युम्न श्रेष्ठलाइ अनुरोध गरेको बताए ।

‘मैले गरिब हुन् सबै पैसा तिर्न सक्दैनन्,सहयोग गरिदिनुसभन्दा मान्नु भएन’ रोजनले थपे किन सामुदायिक अस्पताल भनेर नाम राख्नु । उनले पटक प्रशासन प्रमुख प्रद्युम्न श्रेष्ठले छुटमा सहयोग नगर्ने भएपछि अस्पतालको प्रमुख डा.राजेन्द्र कोजूलाई पटक–पटक सम्पर्क गर्दा रेसपोन्स नगरेको सुनाए । ‘मैले म्यासेज पनि गरे तर उहाँले रेसपोन्सनै गर्नु भएन । ’ धुलिखेल अस्पताललाई बार्षिक करोडौं रुपैयाको अनुदान आउने गरेको छ ।

धुलिखेलका स्थानीयहरु जग्गादाता, कर्मचारीको परिवारको नाममा सबै कुरामा छुट पाउँछन् तर एउटा दृष्टिबिहिनले शल्यक्रिया गरेर छोरा जन्माउँदा समेत किन छुट पाउन सक्दैनन पत्रकार तामाङले भने । दृष्टिबिहिन राजिव तामाङले आफू नसक्ने भएकाले सबैसँग अनुरोध गर्दा पनि एक रुपैयाको छुट नदिएको भन्दै गहभरी आँशु पारेर बसी रहेका थिए । उनीहरुको अवस्था यस्तो असह्य थियो की उनीहरुले एकसय रुपैया समेत निकाल्न सक्ने अवस्था थिएन ।

सबै अस्पताल जस्तो कहाँ हुन्छ र ? त्यहाँ कार्यरत नर्सहरुले खाजा नखाएर आफूले सकेको रकम उठाउँदै सुत्केरी महिलाको डिस्चार्ज गराए । यो बिषयमा हामीले जानकारी लिन डा.राजेन्द्र कोजूलाई सम्पर्क गर्दा उहाँको फोन उठेन ।


तपाईको प्रतिक्रिया