काठमाडौँ – गत शनिबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव सकिएपछि शुक्रबार (आज) मौसम खुल्ने भए पनि शनिबारदेखि पुनः वर्षा सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्को जलवाष्प प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताए ।

‘भारतको जम्मु–कास्मिर लगायत क्षेत्रमा नयाँ जलवाष्प प्रवेश गरिसकेको छ । शनिबारसम्म नेपालको पश्चिम क्षेत्रमा भित्रिन्छ,’ श्रेष्ठले भने, ‘शनिबारनै पश्चिममा हल्का वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।’

आइतबारदेखि उपत्यकासहित मध्य क्षेत्रमा हलुका वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरिएको उनले बताए । नेपाल प्रवेश गरेपछि मात्रै यो जलवाष्प कति दिनसम्म रहन्छ भन्ने सकिने मौसमविद् श्रेष्ठको भनाइ छ । नयाँ पत्रिकामा खबर छ ।


तपाईको प्रतिक्रिया