धुलिखेल – काभ्रेको बनेपामा रहेको बचत तथा ऋण सहकारीहरुको छाता संस्था काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघले जिल्लामा रहेका सहकारीहरुका व्यवस्थापकहरुले जिल्ला स्तरिय गोष्ठिको आयोजना गरेको छ ।

शुक्रवार देखि आज शनिवार दुईदिनसम्म संचालन हुने गोष्ठिवाट सहकारीलाई अगाडी बढाउन मद्धत पुग्ने आशा सहकारीकर्मीहरुले लिएका छन् । काभ्रेमै पहिलो पटक यस्तो फरक खालको गोष्ठीको आयोजना भएको हो ।

गोष्ठिलाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारीहरु रेडक्रस जस्तो पनि नभएको र व्यापारीमात्रै पनि नभएको बताए । बडालले भने, सहकारी भनेका सामाजिक सेवाको व्यवसाय हो । सहकारीले रेडक्रस जस्तो र जे गरेर कमाए पनि हुन्छ भन्ने महामुर्ख रहेका छन् यी दुबै महामुर्ख हुन् ।

सहकारी दुबै हैन् । सहकारीले जहिले पनि सामाजिक सेवाको काम गर्नु पर्छ । बडालले भने, सहकारी भनेका सामाजिक सेवाको व्यवसाय हो । सहकारीले रेडक्रस जस्तो र जे गरेर कमाए पनि हुन्छ भन्ने महामुर्ख रहेका छन् यी दुबै महामुर्ख हुन् । सहकारी दुबै हैन् । सहकारीले जहिले पनि सामाजिक सेवाको काम गर्नु पर्छ ।

जिल्ला सहकारी संघका व्यवस्थापक ज्ञानेन्द्र दाहालले जिल्लामा पहिलो पटक यस्तो कार्यक्रम आयोजना भएको बताए । जिल्ला बचत तथा ऋण सहकारी संघ काभ्रेका सहसचिव सुरेन्द्रप्रसाद पौडेलले काभ्रेमा रहेका सहकारीमा कार्यरत व्यवस्थापकहरुको क्षमता विकास, संञ्जाल विस्तार, बजार विविधिकरण गर्नको लागि आयोजना गरेको बताए ।


तपाईको प्रतिक्रिया