बनेपा / गायक तथा मोडेल एन.आर गौतमको स्वर र अभिनयरहेको गाठो पार कसेर बोलको गित बजारमा आएको छ ।

भ्यालेनटाइन डे को अवसर पारेर गाठो पार कसेर बोल ” को गित युटुब मर्मत रिलिज गरिएको छ । लोकलयमा आधारित उक्त गितमा स्वर तथा अभिनय गौतमकै रहेको छ । गितमा गायिका निर्मला थापा र काभ्रेका युवा गायक एन.आर गौतमले आवाज दिएका छन छ्न ।

विशुद्ध मनोरञ्जन दिने उदेश्यले निर्माण गरिएको लोकदोहोरी गितमा अहिलेका युवा प्रेमिप्रेमिकाहरुलाइ लाजित गरि निर्माण गरिएको छ म लाभ भावना साथै ग्रामीण भेगको रहन सहनलाई लोकभाका बाट प्रस्तुत गरेका छन । गाठो पार कसेर बोलको गित एन.एर.जि क्रेडिट मिडिया युटुब च्यानल बाट सार्वजनिक गरिएको हो ।

माया प्रेममा आधारित रहेर तयार गरिएको गितमा स्वर एन.आर गौतम र निर्मला थापाको रहेकोे छ भने लय तथा शब्द बिरेन्द्र कुवरको रहेको छ । रमणीय स्थलमा छायांकन गरिएको गितको भिडियो निर्देशन भने दिलिप राईले गरेका हुन ।गाठो पार कसेर लोकदोहोरी गितको सम्पादन भिम रावलले गरेका छ्न ।

गाठो पार कसेर बोलको लोकदोहोरी गितको क्यामारामेन भने देव राज आचार्य रहेको छ भने यस्तै अभिनयमा एन.आर गौतम , लक्ष्मी , डम्बर , गंगाको बेजोड प्रस्तुति रहेको छ। करिब तीन दर्जनको हराहारिमा अभिनय गरिसकेका गौतमको यो गितबाट गायन क्षेत्रमा पनि प्रवेश गरेका छन ।

भिडियो हेर्नको लागि तलको लिन्कमा थिच्नुहोस : 


तपाईको प्रतिक्रिया