आज अंग्रेजी महिनाको १४ फ्रेब्रुअरी भ्यालेन्टाइन डे, अर्थात प्रणय दिवस् । विश्वरभर आपसमा प्रेम साटासाट गरी यो दिवस मनाईदै छ ।

प्रेमको प्रतीक रातो गुलाब साटासाट गर्दै शनिबार प्रेमी–प्रेमीकाहरुले औपचारिक रुपमा प्रेम प्रस्ताव राख्ने प्रचलन छ । यस अवसरमा खासगरी फूल तथा अन्य उपहारहरु साटासाट गर्ने चलन बढ्दो छ । पश्चिमा सँस्कृति भए पनि यस दिवसले नेपालमा पनि स्थान पाइरहेको छ ।

नेपाली युवा युवतीहरुले पनि यो दिवसलाई विशेष महत्वको रुपमा मनाउने गर्दछन् । विशेष गरि पार्क तथा मन्दिरहरुमा आजको दिन युवा युवतीहरुको भिड देख्न सकिन्छ । ईसापूर्व २ सय ७० मा रोमका राजा क्लाउडियस द्वितियले जनताहरु प्रेम, यौन र विवाहमा लिप्त रहँदा सैनिक सेवामा कोही नलाग्ने र शान्ति सुरक्षामा खलल पुग्ने निष्कर्र्ष निकाल्दै प्रेम गर्न प्रतिबन्ध लगाएका थिए ।

तर पादरी भ्यालेन्टाइनले राजाको आदेश अस्वीकार गर्दै प्रेम गरेपछि उनलाई फेब्रुअरी १४ मा मृत्युदण्ड दिईएको थियो । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको सोही दिनको सम्झनामा हरेक फेबं्रुअरी १४ तारिखलाई भ्यालेन्टाईन डेको रुपमा मनाउने गरिन्छ ।


तपाईको प्रतिक्रिया