काठमाडौं – अभिनेत्री बर्षा राउत र अभिनेता सन्जोग कोइरालाको इनगेजमेन्ट भएको छ ।

आउँदो फागुन दुई अर्थात फेब्रुअरी १४ (प्रणय दिवस) का दिन वैवाहिक बन्धनमा कसिन लागेका बर्षा र सन्जोगको इनगेजमेन्ट हिजो सोमबार बेलुका भएको छ । उनीहरुले पारिवारिक समारोहकाबिच बिहेको कुरा औपचारिक रुपमा पक्का गरेका हुन् । लामो प्रेम सम्बन्धपछि बर्षा र सन्जोगले विवाह गर्न लागेका हुन् ।

सन्जोगले इनगेजमेन्टको तस्बिर पोस्ट गर्दै सबैका कथा सुन्दर हुने तर आफ्ना लागि आफूहरुको मन पर्ने उल्लेख गरेका छन् ।


तपाईको प्रतिक्रिया