रोशी – ‘स्थानीय सरकार जनताको पिरमर्कामा मल्हम लगाउनलाई बनेको हो’ दैवी विपद्का घटना घटे जिल्ला प्रशासन कार्यालयसम्म पुग्न बाँध्य हुने जनतालाई स्थानीय सरकारले घरमै पुगेर राहत दिन थालेका छन् । त्यसको उदाहरण हो ‘रोशी गाँउपालिका ।’

रोशी गाँउपालिका–५ छापका गंगाबहादुर तामाङको घरमा विद्युत सर्ट भएर शनिवार आगलागी भयो । रातको समयमा आगलागी भएपछि स्थानीय मिलेर आगो लगाउने भरपुर प्रयास भएपनि अन्ततः गंगाबहादुरको १५ लाख बराबरको क्षती भयो ।

‘घरभित्र रहेको नगद, अन्नपात र लुगाफाटो निकाल्न सक्ने अवस्थानै रहेन’गंगाबहादुरले भने मेरो दुई तल्लाको ढुंगामाटोले बनेको घर पुर्ण रुपमा क्षतीग्रस्त भयो ।
आफ्नो गाँउपालिकाकै जनताको घरमा आगो लागेर घरनै जलेपछि गाँउपालिकाका अध्यक्ष डिबी लामाले तत्काल खाना र कपडाको जोहो गर्नको लागि १० हजार हस्तान्तरण गरेका छन् ।

आगालागी पिडित तामाङलाई रोशी गाउँपालिकाले पहिलो चरणको सहयोग स्वरुप १० हजार रुपैय नगद सहयोग गरेको रोशी गाउँपालिका डिबीले बताए । वडा कार्यालयको सिफारिस अनुसार तुरुन्तै गाउँपालिकाको बिपद् कोषबाट १० हजार रुपैया बितरण गरिएको प्रमुख लामाले बताए । अब थप सहयोग गाँउपालिकाले छिट्टै वितरण गर्ने बताए ।


तपाईको प्रतिक्रिया