काठमाडौँ – प्रादेशिक खानाको माध्यमबाट पर्यटक प्रवद्र्धन गर्नका लागि खाना प्रदर्शन गरिएको छ ।

ग्लोबल नेप्लिज सेफ्स फेडेरेशन र नेप्लिीज वल्र्ड वाइड सेफ्स एशोसिएशन अमेरिकाको संयुक्त आयोजनामा आज सातै प्रदेशको खानालाई पहिचान गरी प्रदर्शन गरिएको हो । नेपाली खानालाई विश्वमाझ चिनाएर पर्यटक प्रवद्र्धन गर्ने लक्ष्यअनुसार खाना प्रदर्शन गरिएको फेडेरेशनका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

“सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको बेला अभियानले सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ,” उहाँले भन्नुभयो । नेप्लिज वल्र्ड वाइड सेफ्स एशोसिएशनका उपाध्यक्ष सुरेशचन्द्र बस्नेतले नेपाली खानको माध्यमबाट विश्वका लाखौँ पर्यटक नेपाल भित्र्याउनका लागि प्रादेशिक फुड फेस्टिभल आयोजना गरिएको जानकारी दिनुभयो ।

“नेपालमा धेरै जातजाति, भाषा, वेशभूषा, खानाका परिकार भएकाले यसको प्रवद्र्धन गरी लाखौँ पर्यटक भित्र्याउने हामीले लक्ष्य लिएका छौँ,” उहाँले भन्नुभयो । फेडेरेशनले सबै प्रदेशमा पुगेर पनि खानाको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटकको प्रवद्र्धन गर्ने भएको छ ।


तपाईको प्रतिक्रिया