धादिङ – कालुपाण्डे मार्ग अन्तरगत धादिङको ससाहमा बस दुर्घटना हुँदा १४ जना घाईते भएका छन् ।

धादिङबेसीबाट नलाङ तर्फ जादै गरेको बा ३ ख २७३१ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार १४ जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परि घाईते भएकाहरुको अहिले जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ । घाईते मध्ये २ जनालाई थप उपचारको लागि काठमाण्डौ लगिएको छ । घट्नाको विस्तृत विवरण आउन बाँकि रहेको छ ।


तपाईको प्रतिक्रिया