बेथानचोक – काभ्रेका विभिन्न स्थानमा भारी हिमपात भएको छ । जिल्लाको बेथानचोक, तेमाल, धुलिखेल लगायतका उच्च पहाडी भाग बाक्लो मात्रामा हिँउ जमेको छ ।

विशेषगरी बेथानचोक गाउँपालिकामा धेरैमात्रमा हिउँ परेको छ । यहाँ केहीदिन अघिबाट निरन्तर वर्षा भएको स्थानीयले बताएका छन् । हिमपात भएसँगै स्थानीय तथा बाह्यपर्यटकहरु यहाँको मनोरम दृष्यलाई नियाल्न आईपुगेका छन् ।

यस क्षेत्रमा डेढ दशकपछि काभ्रेकै हिमपात भएको हो ।

तस्बिर : कमल नेपाल 


तपाईको प्रतिक्रिया