पनौती – पछिल्लो समयमा तल्लो तहको स्थायिन सरकारहरुले संसदीय अभ्यास अनुसार सभा संचालन गर्न थालेकाछन् । काभ्रेमा १३ स्थानिय सरकार मध्ये पनौती नगरपालिकाले पहिलोपटक संसदीय अभ्यास अनुसार नगरको चौथो नगर सभा बिहिबारबाट सुरु गरेको छ ।

काभ्रेमा ६ नगरपालिका र ७ गाउँपालिका सहित १३ स्थानिय सरकार छन् । काभ्रेको स्थानिय सरकार मध्ये पनौती नगरपालिकाले भने संसदीय व्यवस्थाको नमूना सहित चौथो नगरसभा बिहिवारवाट सुरु गरेको हो । चौथो नगर सभा २ दिन सम्म चल्ने छ ।

तल्लो सरकारमा नगरपालिका÷गाँउपालिकाका प्रमुख समाभुखकै जिम्मेवारी रहन्छ बिहिवार पनौती नगरपालिकामा प्रमुख भिम न्यौपानेले सभामुखको जिम्मेवारी बहन गरिरहेका थिए । कर्मचारीहरु एउटा पोशाकमा थिए भने जनप्रतिनिधी अर्कै पोशाकमा । जिल्लाको सत्रकारहरुलाई आमन्त्रण गरेर संघीय संसदमा जस्तै नगरप्रमुख न्यौपानेले तोकिएको समयमै कार्यसूचि अनुसारको नगरसभा सुरु गर्नुभएको थियो । सुरुका तीनओटा नगरसभाभन्दा यो पृथक संसदीय अभ्यास अनुसार संचालन गरिएको थियो ।

नगरसभाको पहिलो दिन पनौती नगरपालिकाको उपप्रमुख गीता बञ्जाराले अर्धबार्षिक प्रगती प्रतिवेदन पेश गरेका थिईन । विभिन्न प्रस्तावहरु नगरसभाका सदस्य वडा अध्यक्षहरुले पेश गरेका थिए । वडा अध्यक्षहरुले बिधेयक प्रस्ताव पेश गरेपछि ‘शून्य’समयमा नगर सभाका सभासद्हरुलाई सभामुखले बेल्ने समय दिएका थिए ।

नगरसभामा उठेका सवालहरुको उत्तर र विभिन्न शिर्षकमा विधेयकहरुमाथि शुक्रवार छलफल हुने जानकारी सहित सभामुख एंव पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले पहिलो दिनको कार्यसूचि अनुसार नगर सभा सम्पन्न भएको घोषणा गर्नुभएको थियो ।


तपाईको प्रतिक्रिया