
सिन्धुली – सिन्धुलीको फिकल गाउँपालिका-२, चण्डी भञ्ज्याङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुको सनाखत भएको छैन । घटनामा ७ जना घाइते छन् भने ३ जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार बा१५ च ९४२२ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।
गम्भीर घाइतेहरुको खुकोट अस्पताल उपचार भइरहेकेा प्रहरीले जनाएको छ ।