बनेपा – बनेपामा रहेको बाणिज्य बैकमा खातावालाको हराएको चेकबुक प्रयोग गरि रकम निकाल्ने तीन जनालाई पक्राउ गरिएको छ ।

बेथानचोक गाउँपालिका – ४ का सुकदेब तामाङको माघ १७ गते काम बिशेषले बनेपामा रहेको बाणिज्य बैकमा पुगेर फर्किदा चेकबुक बैकमै छोडेको नै थाहा भएन, चेकबुक बैकमै छोडिएपछि बैकमा इन्र्टनशिपमा रहेका बिद्यार्थीहरुले नक्कली हस्ताक्षर गरेर धुलिखेलमा रहेको बाणिज्य बैकमा माघ २१ गते रकम सटिए पछि यो घटना बहिरा आएको हो ।

एक्कासी मोवाइलमा बैकबाट रकम आफ्नो खातामा रहेको रकम घटेको जानकारी आएपछि थाहा भएको खातावाला सुकदेब तामाङले बताए । त्यसपछि प्रहरीकोमा आएर निबेदन दिएको तामाङले बताए । उनिहरुले ७० हजार रकम निकालिसकेको जानकारी मोवाइलमा आएको तामाङले बताए ।

खोजबिनको क्रममा आज बनेपा इलाका प्रहरीले बैकमा इन्टनशिप गर्ने दुइ जना विद्यार्थी सहित तीन जना लाई पक्राउ गरिएको छ । अरुको नक्कली हस्ताक्षर गरेर रकम निकाल्ने दुई जना बिद्यार्थी सहित ३ जना पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक निरञ्जन भट्टराईले बताए ।

दोलखाका रोशन श्रेष्ठ, रामेछापका अमृत श्रेष्ठ र काभ्रेका गोबिन्द सापकोटालाई पक्राउ गरेर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ गरेर थप अनुसन्धान र बैकिङ कसुर अनुसार कार्बहीको लागि आजै जिल्ला पठाएको प्रहरी निरिक्षक भट्टराईले बताए । दुई जना बिद्यार्थी काभ्रे जिल्लाको एक कलेजमा बिबिएस तेस्रो बर्षमा आध्ययनतर बिद्यार्थीहरु रहेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया