रोशी – कला संरक्षण गर्दै ल्होसारको अवसरमा काभे्रेको शिखरआम्बोटाका तामाङ समुदायहरुले ल्होसार मनाएका छन् । सोनामा ल्होसारको अवसरमा त्यहाँका स्थानीय युवाहरुको अग्रसरतामा स्थापना भएको तारा युवा क्लवले ल्होसारको अवसरमा शुभकामना साटासाट गर्ने अवसर मिलाएको हो ।

सयौं स्थानीयहरुको उपस्थितीमा फँलामेसाँघुमा कलाकारहरुको बिजोड साँस्कृतिक प्रस्तुतीमा बृहत साँस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको हो । रोशी गाँउपालिकाको प्रत्यक्ष सहयोगमा भएको ल्होसारमा सबै उमेर समुहका स्थानीयहरु आफ्नो तामाङ भेषभुषामा सजिएर ल्होसारको शुभकामना दिन पाँगुमा भेला भएका थिए । रोशी गाँउपालिकाले सो अवसरमा तीन दिनसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

कार्यक्रममा बोल्दै गाँउपालिका प्रमुख डिबी लामाले तामाङको इतिहाससँग ल्होसार रहेकाले सबै मिलेर रमाइलो गरेर या पर्व मनाउन आवश्यक रहेको बताए । हरेक बर्ष फरक फरक बडामा पुगेर ल्होसार मनाउने बताए । यो तामाङहरुको नयाँ बर्ष भएकाले पुराना विगतका पिडाहरु र कुण्ठाहरु ल्होसार लिएर जानेमा आफू आशावादी रहेको उनले सुनाए ।

तारा युवा समाज क्लवका अध्यक्ष चन्द्रमान तामाङको सभापतित्वमा कार्यक्रम भएको हो । उनले सबैको साथ र सहयोगावट ल्होसारको अवसरमा शुभकामना आदानप्रदान गर्न पाएकोमा औधी खुसी लागेको बताए । वडाध्यक्ष वडा नं १ श्रीदास लामाले सबैको साझा पर्वको रुपमा र तामाङहरुले बर्ष फेरिने पर्वको रुपमा आफूहरुले यो पर्वलाई लिएको बताए । कार्यक्रममा राष्ट्रिय कलाकारहरुले मनोरञ्जन दिएका थिए ।


तपाईको प्रतिक्रिया