बनेपा – कला र कलाकार बन्नको लागि उमेर पेशा र रुपरंङ्गको कुनै पनि अर्थ हँुदैन । कलाकार उसको आन्तरिक क्षमतावाट प्रष्फुटन रहने कुरा हो । फौजी जीवनमा रहेर धेरै कलाकार कवीले विश्वमा तहल्का मच्चाउने गरेका छन् ।

त्यस्तै नेपाल प्रहरीमा सेवारत सिन्धुपाल्चोकका सहदेव गिरी काठे भाकाका गायक हुन् । लोकदोहोरी गित मार्फत आफ्नो सांगितिक दुनियामा प्रवेश गरेका उनले केही समयमै काठे भाकाको गित बजारमा ल्याउने योजना बनाएपनि अहिले भने उनले पश्चिमेली भाकाको गित बजारमा ल्याएका छन् ।

पश्चिमेली भाका पनि काठे गायकले गाउन सक्छन् भन्ने सन्देश लिएर उनको नयाँ एल्बम कति मज्जा मज्जा बजारमाआएको छ । पश्चिमेली भाकाको गितहरु निक्कै लोकप्रिय बन्दै गएका छन् । पश्चिमेली भाकालाई स्वदेश तथा विदेशमा बस्ने नेपालीहरुले औधी मन पराएकै कारण उनले यो एल्बम बजारमा ल्याएको बताए ।

उनी स्टेज कार्यक्रमहरुमा गित गाउने तथा संगितलाई निक्कै माया गर्दछन् । सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका स्थायीबासिन्दा सहदेव आधुनिक गितीहरुमा मोडलिङ समेत गरिसकेका छन् । उनले गोरी पनि हैन काली पनि हैन र तपतप बस्र्याे पानीमा मुख्य मोडलको रुपमा अभिनय गरिसकेका छन् ।तीनदिन अघि उनको कति मज्जा मज्जा एल्बमको भिडियो सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक भएको उनको भिडिओलाई हजारोले मन पराएका छन् ।

सादा जीवन उच्च बिचारका धनी सहदेव गिरीको यो एल्बममा निक्कै आसावादी देखिएका छन् । उनले यसमा आफूले सबै इस्फोर्ट लगाएर काम गरेको सुनाउँदै नेपाली लोक संगितलाई माया गर्ने सबै नेपालीलाई एक पटक गित सुनेर प्रतिक्रिया दिन अनुरोध गरेका छन् । लय÷शब्द अमृता भारतीको रहेको स्वर सहदेव गिरी र भुमिका गिरीको स्वर रहेको छ ।

२३ बर्षको एउटा युवा अल्लारे यूवा जस्लाई चिन्ता र अगाध माया छ आफ्नै मौलिक लोक संष्कृतिको । र ,डर छ उनलाई कतै मेटिएला कि हाम्रो मौलिक लोकगीत र संष्कृति भन्ने ।

र तल्लीन छन् निरन्तर आफ्नो संष्कृति जोगाउन् । उनी आफ्नो संष्कृतिको जगेर्नाका खातिर कहिले गीति एल्वम निकाल्छन् त कहिले रोधी घरमा पुगेर गीत गुनगुनाउछन् ।

राजधानी भित्रिएको साढे २ वर्ष मात्र पुग्दैछ । तर यो अवधीमा गीत तथा संष्कृतिको जगेर्ना र आफ्नो जिल्लाको पहिचान विश्वभर फैलाउन उनले पेलेको पापड खाएको हण्डर र ठक्करको कथा निकै लामो छ ।

हिजो भोगेका तिनै चोट र धोखाहरुले आज उनी चिनिएका छन् अमृत भारतीको रुपमा । एउटा अब्बल गीतकारको रुपमा सांगीतिक जगतमा ।

आत्मविश्वाश र निरन्तर लगन चाहिन्छ जीवनमा । यी दुई चीजले जुनसुकै असम्भव बस्तुलाई पनि सम्भवमा परिणत गर्दछ भन्ने कुरामा ज्वलन्त उदाहरण उनी

कुनै समय काठमाडौंमा भित्रिएर जीवन गुर्जानका लागि रोधी घरमा गीत गुन्गुनाउने अमृतको निरन्तरको लगन मेहनत र पसिनाको परिणाम हो आज आफ्नै कम्पनी खोल्न सफल भएका छन् उनी । अहिले भारती पिक्चर्स प्रा लि दर्ता गराएर र सोही कम्पनीबाट तिज गीत निकाले नाचिदेउ मायाले छम्म छम्म छम्म ।

सांगितिक जगतमा आफ्नो अलगै पहिचान बनाउन सफल उनै अमृत भारतीको लय र शब्दमा सजिएको कति मज्जा मज्जा म्युजिक भिडियो बजारमा आएको छ । जस्लाई विन्धबासिनी म्युजिकले बजारमा ल्याएको हो ।
उक्त एल्वममा सहदेब गिरी अनि भुमिका गिरीले आवज दिएका छन् ।

भारती अधिकांश राष्ट्रियताले ओत प्रेत भएका गीतहरु लेख्दै आएका छन् । उनले यस अगाडि लेखेका र गायका जुगल हिमाल शीर, किन मान्छौ पीर, जान्छौ भने घुम्न लान्छु सिन्धुपाल्चोक तिर जस्ता शब्द राख्दै सिन्धुपाल्चोकका विभिन्न पर्यटकीय गाउँ घुम्न गीतमार्फत आग्रह समेत गरेका थिए ।

भारती आफै शब्द कोर्छन आफैं गीत गाँउछन । यस अगाडि कन्या राशी नामक गीत गाएर बजारमा इन्ट्री जमाएका अमृतको लोक संष्कृतिप्रतिको माया र प्रेमलाई दर्शकहरुले पनि हृदयदेखि नै साथ दिएका छन् ।

भिडियो हेर्नुहोस

 


तपाईको प्रतिक्रिया