
नायक अनमोल केसीलाई शिर्ष भूमिकामा प्रस्तुत गरेको चलचित्र ‘क्याप्टेन’को ट्रेलर आज सार्वजनिक भएको छ । युटुबमा यो चलचित्रको ट्रेलरले रेकर्डतोड भ्यूज पाएको छ । ट्रेलर सार्वजनिक भएको २ घन्टा नवित्दै यसले १ लाख ३० हजार भन्दा बढी भ्यूज पाएको छ । यो कुनै पनि नेपाली चलचित्रको ट्रेलरले सर्वाधिक चाडो पाएको भ्यूज हो ।
नायक अनमोल केसीलाई गाउँदैखि संघर्ष गरेर राष्ट्रिय स्तरको फुटबल खेलाडी बनेको चलचित्रमा देख्न सकिनेछ । अनमोलको साथमा चलचित्रमा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार लगायतका कलाकारको मुख्य भूमिका छ ।
ट्रेलर
https://www.youtube.com/watch?v=9gx7SLAP918