काठमाडौं – आजदेखि रेस्टुरेन्ट तथा बारहरूमा सेवा शुल्कबापतको रकम तिर्नु नपर्ने भएको छ। काठमाडौं सम्पन्न रेबान काठमाडौं, पोखरा, सौराहाको भेलाले यस्तो निर्णय गरेको हो।

रेस्टुरेन्ट एन्ड बार एसोसिएन अफ नेपाल रेबानले गरेको १० प्रतिशत सेवा शुल्क खारेजीको विरोध गर्दै आएका मजदुरले श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र रेबानका प्रतिनिधिसँग त्रिपक्षीय वार्ता गरेपछि उक्त शुल्क खारेज भएको हो । मंगलबार मजदुर संघका प्रतिनिधि, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्रतिनिधि र रेबानका प्रतिनिधिबीच वार्ता भएपछि रेष्टुरेन्ट तथा बारको बिलमा १० प्रतिशत सेवा शुल्क नजोडने निर्णय भएको हो ।

अबदेखि यस्तो शुल्क नलिने निर्णय गरिएको रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपालले जनाएको छ । व्यापार तथा व्यवसायमा उपभोक्ताको लागत कम गर्न भन्दै यस्तो निर्णय गरिएको रेबानद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘आजको निर्णयसँगै काठमाडौं, पोखरा, सौराहाका बार तथा रेस्टुरेन्टमा सेवा प्रयोग गरेबापत कुनै सेवा शुल्क लिइने छैन।’ संघका अनुसार रेबानले एक साताअघि रेस्टुरेन्टमा लगाउँदै आएको १० प्रतिशत सेवाशुल्क खारेज गरेको निर्णय चित्त नबुझेपछि त्रिपक्षीय वार्ता को आहवान गरेको थियो  ।


तपाईको प्रतिक्रिया