
-पुर्ण श्रेष्ठ ‘हृदयङ्कृत’, कुशादेवी काभ्रे
मुक्तक-१
एकातिर टाल्दै गयो अर्कोतिर प्वाल पर्दै जान्छ सम्बन्ध
बिहानीको घाम झैं पुर्बबाट पश्चिम सर्दै जान्छ सम्बन्ध
अडिग रहोस् दिगो बनेर भन्दै हरपल मैले प्रार्थना गरिरहेँ
पीडामा खुशीको मलम लगाउँ भन्छु मर्दै जान्छ सम्बन्ध॥
मुक्तक-२
कोहि धेरै त कोहि कमै मनपर्छ
मनपरेकै मान्छे हरदमै मनपर्छ
सायद यहि होला मानविय नाता
मुटुमा बस्ने त झन् अचम्मै मनपर्छ॥
मुक्तक-३
जिन्दगीका खेलहरुमा कयौं हार हुन्छ कयौ जित हुन्छ
यसैलाई परस्पर स्वीकार्ने भुमिकामा माया प्रित हुन्छ
जहाँ चुनौतिका हजारौ पहाडहरुले अबरोध पुर्याउँछ
त्यहाँ ज्यानकै बाजी राखी फैसला गर्ने हृदयङ्कृत हुन्छ ॥