
– राज अविरल लामा, काभ्रे (हाल : काठमाडौं)
गजल
बुबा छ, आमा छ, सबथोक छ
एकजोर आँखा छ सबथोक छ ।
सिङ्गो मुटु हुनुमा किन गर्छौ घमण्ड
म सङ्ग नि आधा छ सबथोक छ ।
तन टाढा हुँदैमा, पराई नसोच
मनसङ्गकोको नाता छ सबथोक छ ।
सुरा कि, सुन्दरी के चाहिन्छ हजुर
नजिकै मधुशाला छ सबथोक छ ।
बैसाखी टेकेर त, दौडिन्छ मान्छे
मसङ्ग त पैताला छ सबथोक छ ।।