पनौती – काभ्रेको गौरव र खेलप्रेमीहरुको भविष्यको रुपमा हेरिएको पनौती सिरानचौरको खेलमैदान स्थानीय सरकारले जसरी भएपनि निर्माण गरेरै छाड्ने सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले दावी गरेका छन् ।

काभ्रेको पनौती नगरपालिका–७ मा निर्माण हुन लागेको क्षेत्रीय रंगशाला तोकिएकै समयमा निर्माण सम्पन्न हुने मन्त्री बाँस्कोटाले बताएका हुन् । शनिवार पनौती स्तरिय फुटवल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले रंगशाला निर्माणको क्रममै स्थानीय कँडेल परिवारले जालसाझी गरेर सार्वजनिक जग्गा आफ्नो नाममा गरेको रहस्यखुलेपछि रंगशाला निर्माणको प्रकृया अघि बढ्न नसकेको समयमा मन्त्री बाँस्कोटाले कँडेल परिवारले पनौती नगरपालिकालाई जग्गा फिर्ता गर्नुनै श्रेयकर रहेको बताएका हुन् । ‘ कँडेल परिवारका निम्ति जग्गा फिर्ता गर्नुनै राम्रो होला, सरकारले लगानी गरिसकेको रंगशाला जुनसुकै हालतमा भएपनि बनाएर छाड्छ’ मन्त्री बाँस्कोटाले भने ।

सरकारले रंगशाला बनाउन करोडौ लगानी गरिसकेकाले अब कँडेल परिवारको केही पनि नचल्ने भएकाले जग्गा फिर्ता गर्दा राम्रो हुनेमा मन्त्री बाँस्कोटाले जोड दिए । ‘तपाईहरु ढुक्क हुनुस् सरकारले यो रंगशाला बनाएरै छाड्नेछ’ । रंगशाला निर्माणपछि काभ्रेमै राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन हुन्छन् मन्त्री बाँस्कोटाले भने ‘जिल्लाले उपलब्धी हासिल गरोस् भन्ने कँडेल परिवारले किन नसोचेको होला ।’ उनलेसिंगो पनौती नगरपालिका, जिल्लभरिका खेलप्रेमी एकै ठाँउमा रहेकाले कँडेल परिवारले पनौतीका खेलप्रेमी जनतासँग सिगौरी नखेल्न अनुरोध गरे ।

संविधानसभाका सदस्य माननीय रामहरि सुवेदीको पहलमा काभ्रेको पनौतीमा सरकारले १८ करोड रुपैया लगानी गरेर रंगशाला निर्माण गरिरहेको मन्त्री बाँस्कोटाले भने एउटा प्याराफिट बन्यो पार्किङको व्यवस्था सहितको रंगशाला जुनसुकै हालतमा समेत बन्छ ।

उनले पुराना कुरा स्मरण गर्दैै भने ‘मलाई पनि थाहा छ म पनि विद्यार्थीको नेता थिए ,अखिलको राजनीति गर्न इन्द्रेश्वरमा आउने गरेको थिए, माधव सरको घरमामा बसेर’ उनले थपे ‘म त्यतीबेला आँउदादेखि चौर छ त्यहाँका विद्यार्थी यही खेल्थे,कसैले मकै रोप्न पनि आएका थिएनन्,धान रोप्न र लसुनको पोटी लगाउन पनि आएको थिएन ,आलुबारी पनि थिएन’ आफ्नो पुर्खाले रगत पसिना गरेर कमाएको सम्पत्ति हो भने कँडेल परिवार किन छाति फुलाएर आउन सक्दैन । मन्त्री बाँस्कोटाले भने नक्कली कागपत्र खडा गरेर अड्डा अदालत मिलाएर राज्यलाई गुमराहमा राखेर गरिएको षडयन्त्र बाहेक केही हैन ।

सिरानचौर सार्वजनिक हो भने सारा पनौतीबासी एकातिर रहेको छ भने कँडेल परिवार अर्काेतिर मन्त्री बाँस्कोटाले भने ‘अहिले सिंगो नगर एकढिक्का भएर उभियो ,राष्ट्रका निम्ति खेलाडी उत्पादन गर्ने फ्याल्ट फर्मको लागि अनि नक्कली कागपत्र खडा गरेर अड्डा अदालत मिलाएर राज्यलाई गुमराहमा राखेर,जनतालाई दुखी बनाएर भावी पुस्तालाई झन धेरै पिडीत बनाएर सम्पत्तिको लोभमा षडयन्त्रपूर्वक अदालत धाउने कुरा गरेर निर्माण प्रकृयालाई असफल बनाउने मुद्धामा लगाउने, जुन काम भएको छ त्यो काममा म खेद प्रकट गर्न चाहन्छु । ’

उनले स्पष्ट पारे जनताको अगाडी कसैको केही लाग्दैन । नक्कली दर्ताहरु खारेज हुन्छन्, दर्ता खारेज गरिनु पर्छ हामी जुनसुकै हालतमा भएपनि दुषित दर्ता खारेज गर्नेछौ । हामीले जहिले पनि साँचो कुराको पक्षमा वकालत गरिरहेका छौ जनताले भनेको साँचो हो उनले थपे,सरकार सत्य र न्यायको पक्षमा र निरन्तर जनताको पक्षमा उभिने छ ।

उनले कँडेल परिवारले कहाँ कुनामा बसेर,अध्यारो कोठामा बसेर कागजका पोका मिलाएर नचाहिएको कुरालाई प्रोत्साहन हुँदैन मन्त्री बाँस्कोटाले भने ‘यो लडाइमा पनौतीबासीले जित्नु हुन्छ ,यहाँका खेलाडीहरुले जित्नुहुन्छ, यहाँका खेलप्रेमीहरुले जित्नु हुन्छ, जनताले जित्नु हुन्छ’ । उनले पनौतीबासीलाई विश्वासमा रहन आग्रह गर्दै भने,‘समय लाग्छ हामी त्यो काम गर्छाै’ उनले पनौती रंगशालाको बिषयले क्याविनेटमा प्रवेश गरेको मन्त्री बाँस्कोटाले सुनाए ।

उनले कँडेल परिवारलाई बेइमान नबन्न अनुरोध गर्दै भने ‘बेइमानी नगरौ जसले त्यो के नियतले गर्नु भयो, उहाँको देवहसान भयो ’ कँडेल परिवारले बुझ्नु पर्ने के हो भने मान्छे बाँच्ने रहनेछ, धन कमाए पनि ईज्जत कमाउन धेरै गाह्रो पर्ने कुरा राम्रोसँग कँडेल परिवारले बुझ्नु पर्छ । जनतालाई तपाईहरुले पिडा दिने की उदार बन्ने हो सोचिहाल्नुस् मन्त्री बाँस्कोटाले भने ‘ को–को दलाल लगाएर बार लगाउने सोच भए त्यो कहिल्यै पुरा हुँदैन ।’ उनले रंगशाला निर्माण गर्न सरकारनै लागेको बताए उनले भने जनताको सामु तपाईहरुको जालसाझी केही पनि चल्दैन ‘हामी यो मुद्धा हामी जित्छौ,राज्यको लगानी भैसक्यो । यसलाई कसैले हडप्न सक्दैन’ । उनले यत्रो समय जनताले कुरी सकेकाले अब केही समय धैर्य गर्न अनुरोध समेत गरे । मन्त्री बाँस्कोटाले भने, समय लाग्ला तर जनताको जित हुनेछ ।

पनौतीबासीका सामुन्ने उभिन सक्ने बन्न उनले कँडेल परिवारलाई जालसाझी छोड्न अनुरोध गर्दै भने‘ अड्डा अदालत धाउन छोड्नुस,अब कहि पनि घुस चल्दैन, अब तपाईको काम कुन कर्मचारीले गर्ने रहेछ हेरौ ’ जनतासँगै सरकार तपाईहरुलाई जालसाझी छोड्न अनुरोध गर्दछ मन्त्री बाँस्कोटाले भने ।

१÷२ जना हैन सबै काभ्रेबासी पनौतीबासी जग्गा सार्वजनिक रहेको बताउँदा किन तपाईहरु न्यायको पक्षमा आउनु हुन्न मन्त्री बाँस्कोटाले भने यत्रो जनता उत्रिएको बिषयमा किन ढिपी कसेर बस्नु हुन्छ । राम्रो नियतले दुख गरेर कमाएको सम्पत्ति भएको भए किन त्यो जग्गामा धान रोप्न नसकेको हो उनले प्रश्न गरे । अहिले लहलह आलु फलेको हुँदो हो खोपासीमा जस्तै मन्त्री बाँस्कोटाले भने । ‘कोही आउन सकेको छ छाती फलाएर यँहा’ यो गलत काम भएकाले कोही आउनै सकेका छैनन् बाँस्कोटाले भने ।

‘हिम्मत छ त्यो,दम छ, असत्य र झुटो काम गरेर लुकेर हिड्नु परेको छ’उनले भने । हरेक जनताको सम्पत्तिको संरक्षण गरेको हो रंगशाला निर्माण भैरहेको जग्गा जनताको हो उनले भने । उनले कँडेल परिवारको चुनौती आफूहरुले स्विकार गरेको बताए । उनले भने अझै पनि मिल्न आउनु हुन्छ हात मिल्छ उनले भने ‘नगरपालिकाले कुरा मिल्छ भने र धेरै मन दुख्यो भने दुई रोपनी जग्गा दिने कुरालाई कमजोरी ठानेको हो भने उहाँहरु मुद्धा लडिरहनु हुन्छ,हाम्रा खेलाडीहरु मैदानमा परेड खेलीरहनु हुन्छ ।’

उनले कँडेल परिवारलाई अब जहाँ गएर भएपनि मुद्धा लड्न अनुरोध गरे । उनले जनतासँग सिगौरी खोज्नेको सिङ भाँचिएको स्मरण गराउँदै भने, ‘याद राख्नुस्,जनतासँग सिगौरी खेल्दा सिङ भाचिन्छ ।’ कार्यक्रममा बोल्दै पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले केही समयमै जनताको खुसी फर्कने बताए । जनताको खेलमैदान जनताकै घरमा आउने दिन निक्कै नजिक रहेको छ मेयर न्यौपानेले भने ।

कार्यक्रममा बोल्दै प्रतिनिधीसभाका सांसद गंगाबहादुर दोङ जनताको शक्ति अगाडी ठूला ठूला वादशाह समेत समाप्त भएको समयमा कँडेल परिवार जनताको शक्तिको अघि घुँडा टेक्ने बताए । प्रदेश सभाको सदस्य चन्द्र लामाले जनताले संरक्षण गरेको सार्वजनिक जग्गालाई दर्ता गरेर कँडेल परिवारले अमानविय काम गरेको बताए । प्रतिनिधी सभाका सदस्य रामहरि सुवेदीले पनौती नगरपालिका सिरानचौरमा रहेको रंगशाला कुनै पनि हालतमा सम्पन्न हुने बताए ।

काभ्रेको पनौती नगरपालीका–७ स्थित सिरानचौरमा क्षेत्रीय रंगशाला बन्ने निर्णयको पनौतीबासीले विगतदेखिनै स्वागत गरेका थिए । समयमै रंगशाला बनाउने र उदेश्यले शनिवारदेखि पनौतीको सिरानचौरमा भैरहेको पनौती नपा स्तरिय फुटवल प्रतियोगिता सम्पन्न गर्न र जग्गा फिर्ता गराउन हजारौंको संख्यामा स्थानीयहरु रंगशालामा पुगेका थिए ।

काभ्रेमा स्टेडिएम सहितको ५ हजार भन्दा धेरै दर्शक अट्ने रंगशाला बन्ने निर्णयसँगै खेलप्रेमीहरुको उर्जा थपिएको थियो । पाँच हजार भन्दा बढि दर्शक अट्ने क्षमताको रंगशालामा स्टेडियम ग्राउन्ड, प्याराफिट, कम्पाउन्ड वाल, मुख्य द्वार, टिकट काउन्टर, प्रशासनिक भवन, स्विमिङ पुल, कभर्ड हललगायतका संरचना निर्माण कार्य अगाडी बढेसंगै पनौती नगरपालीका बासिमा खुसियाली छाएको थियो । तर रगशाला निर्माणको लागि छनौट गरिएको जग्गा स्थानीय कँडेल परिवारले आफ्नो नाममा दर्ता गरेको थाहा पाएसँगै स्थानीयले जग्गा सार्वजनिकनै भएकाले सर्जिमनमा आफ्नो राय सहित हस्ताक्षर गरेर यस अघि बुझाइ सकेका छन् । त्यसमा थप उर्जा दिनको लागि हजारौंको संख्यामा शनिवार समेत स्थानीय खेलप्रेमी सिरानचौरमा भेला भएका थिए । स्थानीय गौचरन, गुठी संचालन गर्ने चौरलाई आफू पदमा रहेको समयमा कँडेल परिवारले आफ्नो नाममा दर्ता गरेका थिए ।

सिरानचौरमा ४२ रोपनी क्षेत्रफलमा निर्माण हुद लागेको क्षेत्रीय रंगशालाको लागि १८ रोपनी जग्गा स्थानीय कँडे परिवारले नगरपालिकालाई नदिएपछि रंगशाला निर्माणको कामले गति लिन सकेको थिएन । सरकारका प्रवक्ता समेत रहेका मन् त्री बाँस्कोटाले सिरानचौरमा रंगशाला बन्ने निर्णय सुनाएसँगै स्थानीयहरुमा थप उर्जा थपिएको छ । जालसाझी गरेर कँडेल परिवारले सार्वजनिक जग्गा हडपेको भन्दै विशेश्वर बञ्जारा सहितको ८८ जनाले अदालतमा मुद्धा हालेका थिए । पनौती नगरपालिकामा जनप्रतिनिधी निर्वाचित भएसँगै सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्नेहरुको दुषित बदरको लागि नगरले प्रकृया अघि बढाएसँगै भुमी सुधार मन्त्रालयले सर्जिमनका लागि जिल्ला मालपोत कार्यालय र जिल्ला नापी कार्यालयमा निर्देशन दिएपछि दुषित बदर गर्नुपर्ने माग राख्दै सयौं जनताले जग्गा सार्वजनिक भएको प्रमाण पेश गर्दै सर्जिमनमा हस्ताक्षर गरेका थिए ।

शनिवारवाट सिरानचौर खेलमैदानमा सुरु भएको पनौती वडाव्यापी फुटवल प्रतियोगिता ८ दिनसम्म संचालन हुने आयोजक संस्थाका लक्ष्मीनारायण खिबंञ्जारले बताए । आजको खबर चौतारी प्रकाशित छ ।


तपाईको प्रतिक्रिया