
ललितपुर – वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत बस्दै आइरहेको अपार्टमेन्टको कोठामा मृत अवस्थामा फेला परेकी छिन् ।
ललितपुरको बालकुमारी स्थित वेस्टार अपार्टमेन्टमा बस्दै आएकी बस्नेत उनको फ्ल्याटमा सलको पासो लगाएर झुन्डिएको अवस्तामा फेला परेकी ुहन् ।
मृतक बबिता ऊर्जामन्त्री वर्षमान पुनका प्रेस सहयोगी रोशन खड्काकी श्रीमती हुन् भने बनमन्त्री बस्नेतकी दाइको छोरी हुन् ।
आइतबार सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई भेटेको हो । प्रहरीका अनुसार आइतबार बिहान १० बजेसम्म नउठेपछि बबिताकी नन्दले ढोका ढकढक्याउँदा नखुलेपछि प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि पुगेको ललितपुर प्रहरीको टोलीले ढोका फोरेर हेर्दा पासो लगाएको अवस्थामा मृत शरीर फेला परेको थियो ।प्रहरीले घटना संकास्पद रहेको भन्दै अनुसन्धान भइरहेको जनाएको छ ।