बनेपा – सर्वमान्य साझा संस्था भनिएपनि रेडक्रस राजनीति गर्ने थलो हो । त्योवाट काभ्रेको रेडक्रस समेत टाढा जान सकेको छैन । जिल्ला रेडक्रसमा नेकपा र नेपाली कांग्रेसका नेताहरुकै बाहुल्यता छ । राजनीतिक हावी हुने कारणले रेडक्रस समय समयमा विवादमा समेत आउने गरेको छ । केन्द्रले जिल्लामा माघ २९ गर्ने भनिएको निर्वाचनको समय तीन महिना धकेलेपछि शनिवार नेपाल रेडक्रस सोसाईटीको ४३ आंै सभा शनिवार आयोजना गरेको थियो ।

काभ्रेमा अधिकाशं उपशाखाहरु राजनीतिक रंङ्गको आधारमा चल्ने गरेका छन् । शनिवार हुने भनिएको जिल्ला सभा स्थगित भएपनि सभामा कांग्रेस र नेकपाविचको विवाद स्पष्ट देखिएको छ ।

नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाको जिल्ला सभामा खरिबोट र टुकुचा उपशाखाका प्रतिनिधी बाहिर जान भनेपछि सभामा सहभागी प्रतिनिधीले रेडक्रसको म्याईन्यूटनै कब्जा गरेपछि ४३ औं सभा स्थगित भएको छ ।

नेपाल रेडक्रस सोसाईटी काभ्रेको ४३ औं सभा रेडक्रसको तालिम केन्द्र बनेपामा सुरुहुनै लाग्दा खरिबोट र टुकुचा उपशाखावाट विधान विपरित प्रतिनिधी आएको भन्दै जिल्ला सभापति रघुवरचौ प्रधानले दुबै उपशाखावाट आएका प्रतिनिधीलाई बाहिर जान भनेपछि सभाका प्रतिनिधी बनेर आएका सुन्थान उपशाखाका प्रतिनिधी नारायणप्रसाद सापकोटाले माईन्यूट कब्जा गरेका हुन् । ‘जिल्ला सभापतिज्यूले आग्रह राखेर दुई शाखाको प्रतिनिधी बाहिर जान भनेपछि मैले सुरक्षाको लागि म्याईन्यूट लिएर सभा स्थगित भएपछि उप–सभापतिलाई बुझाएको छु’ माईन्यूट नियन्त्रणमा लिने सापकोटाले भने ।

खरिबोट र टुकुचा उपशाखावाट बहुमत सदस्यहरुको उपस्थितीमा प्रतिनिधी बनाएर पठाउँदा काभ्रेका सभापति चौप्रधानले गलत आसय व्यक्त गरेपछि आफूहरुले बाँध्य भएर म्याईन्यूट लिनु परेको सापकोटाले बताए ।

राजनीतिक रंङ्गको आधारमा सभापतिले खरिबोट र टुकुचा उपशाखावाट आएका प्रतिनिधीलाई बाहिर जा भनेर भन्न नमिल्ने भएकाले म्याईन्यूट लिनु परेको सापकोटाले सुनाए ।

‘समस्या समाधान गर्नुको सट्टा उल्टै विवाद अगाडी बढाउन खोज्दा सभा चलाउन दिने अवस्थानै रहेन’ सापकोटाले भने । ‘उहाँहरुले ४३ औं सभा स्थगित गरेपछि हामीले म्याईन्यूट ससम्मान उपसभापतिलाई बुझाऔ’ सापकोटाले भने ।

कुन शाखाको सहभागी गराउने र नगराउने निर्णय जिल्ला कार्यसमितिको बैठकवाट गर्नु पर्ने भएपनि एकलौटी रुपमा सभापतिले पेल्न खोज्नु दुखदायी भएको सभामा सहभागी हुन आएका एक प्रतिनिधीले बताए ।

तर यो सबै मान्न रेडक्रस जिल्ला सभापति रद्युवर चौप्रधान तयार छैनन् । उनले रेडक्रसमा सचिवले बैठक बोलाउन अनिवार्य भएपनि सचिव बिनानै शाखाको बैठकवाट आएको निर्णय रेडक्रसको विधानले समेत नदिने भएकाले सहभागी हुन नपाउने भएकाले नबस्न भन्दा वादविवाद भएपछि कार्यसमितिले स्थगन गर्ने निर्णय गरेको सभापति चौप्रधानले बताए । आजको खबर चौतारी साप्ताहिकमा प्रकाशित छ ।


तपाईको प्रतिक्रिया