बनेपा – काभ्रेको बनेपामा रहेको शब्दयात्रा प्रकाशनले स्थापनाकालदेखि नै प्रत्यक्ष एंव परोक्ष ढङ्गले वाङ्मय सेवा प्रदान गर्दै आएको छ । शब्दयात्रा प्रकाशनको अभिन्न सामाजिक उत्तरदायित्व बहन गर्ने नेपालभूमि राष्ट्रिय साप्ताहिक समेत प्रकाशन गरिरहेको छ ।

यसै सन्र्दभमा शब्दयात्रा प्रकाशन तथा नेपालभूमि साप्ताहिकले सम्मान सर्मपण तथा पुस्तक सार्वजनिकीकरण कार्यक्रम मंगलवार सम्पन्न गरेको छ । नेपालको प्रथम महिला प्रधानन्यायधिश सुशीला कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । लेखिका समेत रहेकी कार्कीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो ।

कार्यक्रममा विशिष्ट अतिथी भरत जङ्गम रहेका थिए । सो अवसरमा संंं.दिलबहादुर श्रेष्ठको चण्डेश्वरी भजन सफू,श्रीघर प्याकु¥यालको चाणक्यनीति दर्पण,सं.सहदीप पलाञ्चोकेको हनुमान चालीसा तथा…, दामोदर घिमिरेको समाजका कर्मवीर, नवीना श्रेष्ठको नमारिएका सहिदहरु र मेरो हराएको कविता कृतिहरु सार्वजनिक गरिएको थियो ।

साहित्यकार हरिमञ्जुश्रीले संञ्चालन गरेको कार्यक्रमको सभापतित्व किताबसिंह लामाले गरेका थिए । कार्यक्रममा समाजसेवी बेलप्रसाद श्रेष्ठले मन्तव्य राखेका थिए । सो अवसरमा अग्रज समालोचक डा.वासुदेव त्रिपाठी, अग्रज कवि तथा गीतकार कालीप्रसाद रिजाल, अग्रज चलचित्र अभिनेत्री वसुन्धरा भुसाल,अग्रज अनुसन्धाता डा.राजेश गौतम, अग्रज बाल साहित्यकार विश्वम्भर चञ्चल, अग्रज वैज्ञानिक डा.सुरेशराज चालिसेलाई सम्मान गरिएको पत्रकार विकुनारायण ताम्राकारले जानकारी दिएका छन् । आजको खबर चौतारी साप्ताहिकमा प्रकाशित छ ।


तपाईको प्रतिक्रिया