बनेपा – बागमती टिपर व्यवसायी संघको अध्यक्षमा प्रेम लामा निर्विरोध चयन भएका छन् । संघको शनिवार भएको आठौं साधारण सभावाट लामा अध्यक्षमा निर्विरोध चयन भएका हुन् । उनी उपाध्यक्षहुँदै कार्यवाहक अध्यक्ष समेत बनेका थिए ।

संघको प्रथम उपाध्यक्षमा सुरेश खत्री, द्वितिय उपाध्यक्षमा नविन वैद्य, तृतिय उपाध्यक्षमा ठाकुर गौतम, सचिवमा नरेन्द्र वादे, सहसचिव राजेश खत्री,कोषाध्यक्ष नारायणकृष्ण श्रेष्ठ, सहकोषाध्यक्ष कुमार हुँमागाई चयन भएका हुन् ।

समितिको सदस्यहरुमा योगेन्द्र लामा,बिमलकुमार श्रेष्ठ, निर्मल श्रेष्ठ, राजनप्रसाद पौडेल र केशवरमण उप्रेती चयन भएका छन् । शनिवार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आठौं सभाको उद्घाटन गरेका थिए ।

उनले सबै यातायात व्यवसायीहरुले राष्ट्र निर्माणको लागि काम गरिरहेको बताए । कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण वैद्य, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष दीपक अधिकारी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वर्गिय उपाध्यक्ष यादवलाल श्रेष्ठ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला, उद्योग वाणिज्य संघ काभ्रेको अध्यक्ष प्रकाश मानन्धर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ काभ्रे जिल्ला संयोजक राजेशकुमार श्रेष्ठ, अरनिको यातायात सेवा समितिका अध्यक्ष श्याम लामा, काभ्रे बस सेवा समितिका अध्यक्ष बर्ण शाक्य, हिमाल तराई सेवा समितिका अध्यक्ष आत्मराम थापा, अखिल नेपाल यातायात मजदुर संगठनका जय केसी, काभ्रे क्रसर तथा खानी संघका अध्यक्ष भरत घिमिरे लगायतकाले मन्तव्य राखेका थिए । सो अवसरमा संस्थापक तथा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

आजको खबर चौतारी साप्ताहिकमा प्रकाशित छ ।


तपाईको प्रतिक्रिया