सिन्धुपाल्चोक – नेपाल बिद्यार्थी संघ सिन्धुपाल्चोक यतिबेला चरम विवादमा छ । सरसर्ती हेर्दा विद्यार्थीहरु यतिबेला दुई खेमामा देखिएका छन् ।

एकथरी बिद्यार्थी नेताहरु प्रत्येक बिद्यालयमा गएर इकाई गठन गर्दै विद्यार्थीहरु सङ्ग प्रत्यक्ष भेटघाट गर्दै साङ्गठानिक गतिविधि अगि बढाइएका छन् । भने आफुलाइ वास्तविक विद्यार्थी नेता भन्ने केही विद्यार्थी हरु ने बि संघ तथा नेपाली कांग्रेसका नेता हरुको घरघरमा गएर आफुलाइ नेतृत्व दिलाइदिन आग्रह गरिरहेको देखिन्छ ।

वास्तविक विद्यार्थीहरु जाहा बिद्यालय त्याहा ने बि संघ भन्ने नारा बोकेर प्रत्येक बिद्यालय पुगेका छन् । भने केही विद्यार्थी हरु दिनरात नेताको घर धाएर नेता हरुको आशीर्वादमा नेतृव लिने चाहाना लिएर अगिबडिरहेको  नेपाल विद्यार्थी संघ सिन्धु काठमाडौं सम्पर्क समितिका उपाध्यक्ष तथा नेपाल विद्यार्थी संघ इन्द्रावती बहुमुखी क्यम्पस इकाइ सभापति निश्चल गिरीले बताउनुभएको छ ।

नेपाल विद्यार्थी संघ केन्द्रीय समितीले सङ्घिय संरचना अनुसारको अधिवेशन मिति तोकेपनि नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकले उक्त निर्देशनलाई बेवास्ता गरि अधिवेशन नगरी सङ्गठनलाइ निष्क्रिय बनाउन लागिरहेको गिरिको दावी छ ।

मेलम्ची नगरपालिका वडा नं ९ मा जन्मिएका निश्चित गिरी सिन्धुपाल्चोक मेलम्ची क्षेत्रको नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय तथा अग्रणि भुमिका निर्वाह गरिरहेका नेपाल बिद्यार्थी संघ सिन्धुपाल्चोक यतिबेला चरम विवादमा छ । यतिबेला दुई खेमामा देखिएका बिद्यार्थी नेताहरु बिद्यालयमा गएर इकाई गठन गर्दै विद्यार्थीहरु सङ्ग प्रत्यक्ष भेटघाट गर्दै साङ्गठानिक गतिविधि अगि बढाउंदै छन भने आफुलाइ वास्तविक विद्यार्थी नेता भन्ने केही विद्यार्थी हरु ने बि संघ तथा नेपाली कांग्रेसका नेता हरुको घरघरमा गएर आफुलाइ नेतृत्व दिलाइदिन रोइकराइ गर्ने गरेको गिरीको दावी छ ।

गिरीका अनुसार अब सङ्गठनलाइ बन्दी नबनाइ लोकतान्त्रिक पद्धति अनुसारको अदिबेसन गराउनुपर्नेमा जोड दिनुभएको छ । जिल्ला रहेर विद्यार्थीकालको राजनीती गरीरहेकाहरुलाई पछी पार्न केन्द्रमा धाएर नेताहरुको चाकडी गर्नेहरुले पछी पार्न सक्ने गिरीको आँकलन रहेको छ । जिल्लामा रहेरै राजनीती गरीरहेकाले नेतृत्व लिन पाउनुपर्ने उहाँले बताउनुभएको छ ।


तपाईको प्रतिक्रिया