दोलालघाट – काभ्रेको भुम्लु गाँउपालिकाले स्थानीय आर्थिक विकास मंञ्च गठन गरेको छ । भुम्लुमा स्थानीय स्तरमा योजना बनाउनको लागि सबै पक्षको सहभागितामा मंञ्च गठन भएको हो ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मातहतमा रहेको स्थानीय प्रशिक्षण प्रतिष्ठानले नेपालमै पहिलो पटक आयोजना गरेको प्रशंसनीय दृष्टिकोणमा आधारित दिगो स्थानीय आर्थिक विकास रणनीति निर्माण प्रशिक्षणको तीन दिने तालिम पश्चात समिति गठन भएको हो ।

तालिममा गाँउपालिका अध्यक्ष गुमानध्वज कुँवर, उपाध्यक्ष कल्पना श्रेष्ठसँगै १० बडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, सहकारी संञ्जालका संयोजक, स्वास्थ्य, पशु तथा कृषि विभागका प्रमुखहरु, पत्रकारको सहभागिता रहेको थियो ।

तालिम पश्चात आर्थिक रणनीति कसरी बनाउने भन्ने बिषयमा केन्द्रीत रहने गरि समिति गठन भएको हो । समितिमा गाँउपालिका उपाध्यक्ष कल्पना श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हरिबल्लभ घिमिरे,वडा नं ६ का वडा अध्यक्ष भरत शिवभक्ती वडा नं ८ का वडाअध्यक्ष मोतिलाल लामा, न्यायिक समितिको सदस्य उर्मिला विक, स्वास्थ्य शाखाका प्रमुख सुर्दशन भट्टराई, कृषिका ज्ञानेन्द्र दाहाल, पशुविकास शाखाका धुर्वप्रसाद पराजुली, सहकारीका संयोजक सुमन जनमेरु र पत्रकार केशवराज पौडेल सदस्य रहने छन् । समितिको संरक्षक गाँउपालिकाका अध्यक्ष गुमानध्वज कुँवर रहने छन् ।


तपाईको प्रतिक्रिया