विराटनगर – वेदराज पौडेलको संयोजकत्वमा आठ सदस्यीय नेपाल फोटो पत्रकार महासङ्घ प्रदेश नं १ समिति गठन गरिएको छ ।

महासङ्घका केन्द्रीय अध्यक्ष ध्रुव आलेको सभापतित्वमा आज विराटनगरमा भएको भेलाले उपसंयोजकमा सञ्जीव खनाल (मोरङ), सचिवमा कमल रिमाल (मोरङ) र कोषाध्यक्षमा विनोद पाण्डे (झापा)लाई सर्वसम्मतिरुपमा चयन गरिएको छ ।

यसैगरी सदस्यमा नमित ढकाल (इलाम), गजेन्द्र राई (उदयपुर), उपेन्द्र चाम्लिङ (सुनसरी), वासु पौडेल (मोरङ) र मनोज दाहाल (मोरङ) रहनुभएको छ ।


तपाईको प्रतिक्रिया