काठमाडौँ – सभामुख कृष्णबहादुर महराले हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएको घटनाले आफू अत्यन्तै मर्माहत भएको बताउनुभएको छ ।

आज शोक वक्तव्य जारी गर्दै उहाँले दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि एवम् शोकाकुल परिवारजन तथा सबैमा समवेदना व्यक्त गर्नुभएको छ । वक्तव्यमा उहाँले भन्नुभएको छ, “मन्त्री अधिकारीको निधनले देशले एक जना मन्त्रीलाई मात्रै गुमाएको छैन, भविष्यमा देशकै नेतृत्व गर्न सक्ने सक्षम प्रतीभालाई गुमाएको छ । उहाँ राजनीतिक हिसाबले प्रष्ट, अध्ययनशील र दूरदृष्टि भएको युवा नेताका रुपमा हुनुहुन्थ्यो ।”

सभामुख महराले देश विकासको स्पष्ट दृष्टिकोण र केही योजना बोक्नुभएका मन्त्री अधिकारीको निधनले देशलाई अपूरणीय क्षति भएको उल्लेख गर्नुभएको छ । उहाँले स्थल तथा हवाई दुर्घटनाबाट हुने क्षति न्यूनीकरण गर्न के गर्न सकिन्छ, त्यसतर्फ गम्भीर भई आवश्यक पहलकदमी लिन सरकारलाई विशेष आग्रहसमेत गर्नुभएको छ ।


तपाईको प्रतिक्रिया