काठमाडौँ – महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

सुरक्षा कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पार्किङ क्षेत्रबाट अवैध सुनसहित प्यूठानका दीपकबहादुर खत्रीलाई आज दिउँसो पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले विदेशबाट आएका यात्रुसँग सुन सङ्कलन गर्दै गर्दा पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले पक्राउ खत्रीसँग सुनका तीन वटा बालासमेत बरामद गरेको छ ।

जुवातास खेल्ने सात पक्राउ

महानगरीय प्रहरी वृत्त कालिमाटीले जुवातास खेल्ने सात जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–१२ स्थित कालिमाटी क्षेत्रमा काभ्रेपलाञ्चोकका चाउरे तामाङको कोठामा जुवा खेलिरहेका अवस्थामा सात जनालाई पक्राउ गरेको हो । पक्राउ परेकासँग तास र रु ३१ हजार ५८० नगद बरामद गरेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया