काभ्रेपलान्चोक (बनेपा) – स्व.उर्मिला सापकोटा डाँडापारी पत्रकार पुरस्कारबाट नेपाल टेलिभिजन काभ्रे संवाददाता देबराज के सी, अन्नपूर्ण पोष्टका काभ्रे संवाददाता श्रीराम के सी र स्व.उर्मिला सापकोटाको बुवा गोपाल सापकोटा सम्मानित भएका छन ।

आज भन्दा ९ वर्ष अगाडि सवारी दुर्घटनामा ज्यान गुमाएकी स्व.उर्मिला सापकोटाको सम्झना प्रतेक वर्ष डाँडापारी हितका लागि कलम चलाउने र पत्रकारहरुलाई पत्रकारीता गर्नका लागी प्रोत्साहन गर्ने उद्देश्ले पत्रकारीता पुरस्कारको स्थापना गरीएको पुरस्कारका संयोजक गोपाल कृष्ण सापकोटाले बताए । डाडापारि क्षेत्रमा रहेकाे समस्यामा केन्द्रीत रहेर समचार प्रचार प्रसारन गरेकाले उनिहरूलाई सम्मान गरेकाे बताए ।


उक्त कार्यक्रममा नेपाली काग्रेस काभ्रेका सभापति एवंम कार्यक्रमका प्रमुख अतिथिति मधु प्रसद आचार्यले कार्यक्रमलाई संवोधन गर्दै उनले आफु पनि कुनै समय म पनि पत्रकारीता क्षेत्रमा रहेको बताउनु भयो ।

सो कार्यक्रममा नेपाल प्रेस यूनियनका केन्द्रिय उपाध्यक्ष इश्वरी ओझा,नेपाल पत्रकार महासंघ प्रदेश ३ का उपध्यक्ष यदुनाथ गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, काभ्रेका पूर्व अध्यक्ष एवम सल्लाकार भोला थापा, महेश पौडेल, नेपाली काग्रेस काभ्रेका सचिव दिनेश लामा, बिदुर बन्जारा, रमेश हुमागाई, प्रेस युनियन अध्यक्ष कपिल कोइराला, बेथान्चोक गाउपालिका प्रमुख प्रेम बहादुर तिमल्सिना लगाएत व्यक्तीहरुको उपस्थीती रहेको थियो ।


तपाईको प्रतिक्रिया