– आभा निरु, सिन्धुपाल्चोक चौतारा  :

कविता
‘अन्तिम प्रेम’

म ताल बनेर अडिरहेँ,
तिमी मौसम बनी बद्लिरह्यौ
तिमी झरिरहँदा झरीबनी,
म खोलाबनी बगिरहेँ
तिमिले रुझाँउदा धरातललाई
म बगरमा नै तरिरहेँ ।

उदायौ तिमी बिहानी किरण बनी
म अस्ताएको घाम जस्तै रहिरहेँ
तिमिले चलाएको ती हुरि बतास
छुटेको ती लहर,
टुटेका ती पतझर झै बनी,
सपनाको संसारबाट झरिरहेँ ।

म मरिरहेको झै लाग्दालाग्दै,
फेरि सास फेर्न सक्ने पारी
जानेछौ तिमी अब झन्
मलाई निश्वास पारेर,
थाहा छ तिमिले अलिकती आस दिएर जानेछौ,
मसङ्ग बाकी जीवनको बिस्वास लिएर जानेछौ ।

म गलत थिएँ साच्चै गलत ,
तिमी मेरो काल सोचथिए
सजिलोसङ्ग जीवनको बाटोमा
अन्तिम चौतारीमा लागि बिसाइदिने,
बुझ्दैछु तिमी पर्खाल रहेछौ
मेरो अन्तिम घडिमा साथ दिने ।

मलाई अब सजिलो बनाएर गयौ,
जसका निम्ति म जन्मेको हो
उसेको सामु समर्पित हुने,
कहिले अब बेर हुने छैन
उसलाइ भेट्न अबेर हुने छैन,
अब न त तिम्रो हुनेछु, न त हुनेछु मेरो,
जस्को लागि जन्मेेको हुँ उसैको हुनेछु प्यारो ।।


तपाईको प्रतिक्रिया